logo

काम अड्काएर घुस खाने वडाध्यक्ष साहको कर्तुत सार्वजनीक, ८५ हजार घुस नपाएपछि रोके काम

 इसीमाना सम्बाददाता      २०८१ भदौ १७ गते ११: ५७ मा प्रकाशित     630   पटक पढिएको

बीरगंज । सेवाग्राहीको काम अड्काएर घुस खादै आएका बीरगंज महानगरपालिका वडा नं ६ का वडाध्यक्ष जयप्रकाश साहको कुर्तत सार्वजनीक भएको छ ।

 

उनले सामान्य सिफारिशमा पनि सेवाग्राहीसंग हजारौ घुस खादै आएको उनका सहकर्मी वडाध्यक्षले नाम नबताउने शर्तमा बताएका छन । ति वडाध्यक्षले बताएको कुरालाई पुष्टिहुने गरि एउटा प्रकरण सार्वजनीक भएको छ । त्यस प्रकरणमा वडाध्यक्ष साहले सेवाग्राहीसंग ८५ हजार घुस माँगेका छन ।


एउटा कपाली तमसुकको सिफारिश गराउने प्रकरणमा उनले घुस माँगेका हुन ।

 

वडाध्यक्ष साहले राजस्वको रसिद काट्ने,कपाली कागज गरिदिने ऋणीलाई उपस्थित हुन पत्राचार गर्ने सबै काम प्रक्रियागत रुपमा गरेका छन

 

तर सर्जमिन मुचुल्कामा सोही वडाका नागरिकले सिफारिश गरिदिए पनि वडाध्यक्ष साहले प्रमाणीत गर्न रोकेर ८५ हजार घुस माँगेको सेवाग्राही रमेश गुप्ताले आरोप लगाएका छन ।


वडाध्यक्ष साह वडा नं ६ का वडाध्यक्ष हुन । मारवाडी समुदायको बाहुल्य रहेको वडामा उनले यसरी नै काम अड्काएर हजारौ रुपैया घुस असुली गर्दै आएको आरोप लागेको छ ।


रमेश गुप्ताले आवश्यक कार्वाही गर्ने बारे ऋणी वडा नं २८ बस्ने हृदयनारायण महतो माथि मिती २०८०र३र२८ गते वडा कार्यालयमा निवेदन दिएका थिए ।


वडाअध्यक्ष साहले सो बखत निवेदन बुझेर हृदयनारायणलाई उपस्थित गराउन परवानीपुर प्रहरी चौकीलाई पत्राचार गरेका थिए।


माघ ११ सम्म कपाली तमसुक प्रमाणित गराउन म्याद जारी गरे पछि २०८०र१०र७ गते आफ्नो कपाली तमसुक प्रमाणित गराउन वडा नं ६ मा निवेदन गुप्ताले निवदेन दिएका थिए ।

 

वडाध्यक्ष साहले निवेदनका बिषयमा सर्जमिन मुचुल्काकालागि तोक लगाए अनुसार सर्जमीन मुचुल्का तयार भयो।

 

सोही वडा बस्ने बीरगंज महानगर कार्यपालिका सदस्य कनिका कौशिकको श्रीमान् सुरज कुमार गुप्ता, वडा सदस्य पवन शर्माको छोरा सुरज भान शर्मा, ओम प्रकाश ठाकुर, सुरेश कुमार गुप्ता र दीपेन्द्र कुमार रौनियारले सर्जमिन मुचुल्कामा सही गरेका थिए भने साक्षी रामनाथ राउत अहिर बसेका छन ।

 

सर्जमीन मुचुल्का सिफारिश दस्तु १ सय ८० रुपैया नगद बुझी रसिद काटियो ।रसीद काटेपछि कपाली तमसुक प्रमाणित गर्न दलाल मार्फत रु ८५ हजार रुपैयाँ घुस मागेको र नदिए पछि अहिले सम्म आफ्नो काम नगरेको रमेश गुप्ताको आरोप छ ।


यस सन्दर्भमा वडा अध्यक्ष जय प्रकाश साह संग बुझ्दा उनले तमसुक जाली भएकोले प्रमाणित नगरेको बताए। तमसुक जाली हो भन्ने राजश्व किन लिएको? भनी प्रश्न गर्दा जबाफ उनी नाजवाफ भए ।

 

साहले आफनै समितिका सदस्यका परिवार कार्यपालिका सदस्यका परिवारको हस्ताक्षरयुक्त तमसुकलाई जाली भनेर वडाका नागरिकको अपमान गरेका छन ।

 

घुस रकम नपाएर काम रोकेका वडाध्यक्ष साहले आफूलार्य मतदान गर्ने मतदाताको अपमान गरेर घुस्याहा प्रवृति देखाएको टिप्पणी गरेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.