logo

पैसा नदिदा दुर्ब्यवहार भयो, कारवाही नभए कामकाज ठप्प पार्ने कर्मचारीको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ भदौ २० गते ०८: ३३ मा प्रकाशित     462   पटक पढिएको

वीरगञ्ज । भूमिसुधार तथा मालपोत कार्यालय बीरगन्जले पत्रकार धुव्र साहसहितको व्यक्तिहरुमाथि कारबाहीको माग गरेको छ ।

मालपोत कार्यालयका ५८ जना कर्मचारीहरुले संयुक्तरुपमा हस्ताक्षर गर्दै पत्रकार साहको नेतृत्वमा मालपोत कार्यालयमा गएको टोलीलाई कारबाहीको माग गरि बिभिन्न निकायमा निवदेन समेत दिएको बुझिएको छ ।


मालपोतका कर्मचारीहरुले बिहीबार एक विज्ञप्ति जारी गर्दै मालपोत कार्यालयले दुइ दिन अगाडि मात्रै कार्यालय प्रमुखमाथि भएको हातपातको घटना निन्दनीय रहेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सरकारी कर्मचारीलाई पत्रकारले आफ्नो आचार संहिता बिपरित गएर भ्रष्टचारी भन्न मिल्दैन, गाली बेइज्जती गर्न पाइदैन् ।

 

अझ कार्यालय समयमा कार्यालय प्रमुखमाथि झन हातपात गर्न मिल्दैन, यो सरासर गलत हो । त्यसकारण दोषीमाथि कारबाही हुनुपर्‍यो ।’

मालपोत कार्यालयले आफ्नो विज्ञप्तिमा लेखेको छ–केही दिनदेखि केही व्यक्तिहरु पैसा माग्न आइरहेको थियो, तर उसलाई पैसा दिइएन ।

त्यसकारण नियतवश यस्तो काम गरेको हो । कर्मचारीले लगाएको यो आरोप पनि गम्भिर छ । पैसा माग्न जानेहरुको बिषयलाई पनि सार्वजनीक गरेर कारवाही प्रक्रियामा लान आवश्यक रहेको एक कर्मचारीले बताए ।

मालपोतका कर्मचारीले पत्रकार साह संगै सहरुम राउत गद्दी, राकेश यादव मितवा, लेखापढी ब्यवसायीसंघका निवर्तमान अध्यक्ष रामाधार साह, उपाध्यक्ष अलि हुसेन मिया, कोषाध्यक्ष संजित साह कानु, प्रेमचन्द्र साह कानु लगायतकाले दुरब्यवहार गरेको आफ्नो विज्ञप्तिमाउल्लेख गरेका छन ।

कार्यालयमा गएर अभद्र व्यवहार गर्नेहरुमाथि कारबाही नभए तथा काम गर्ने वातावरण नभए कामकाज ठप्प पार्ने मालपोत कार्यालयका कर्मचारीहरुले चेतावनी दिएका छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.