logo

हरिखेतान क्याम्पस मनपरितन्त्रको मारमा,१७ लाख क्षतीपुर्ती रकम किन घट्यो

 इसीमाना सम्वाददाता     २०८१ भदौ २६ गते ०८: २४ मा प्रकाशित     315   पटक पढिएको

वीरगंज । सामुदायिक क्याम्पसको रुपमा रहेको बीरगंजको हरिखेतान बहुमुखी क्याम्पस फेरी मनपरीतन्त्रको शिकार भएको छ ।

क्याम्पस संचालक समितिमा बसेकाहरुले आफूलाई लागेको गर्न थालेपनि सामुदायिक क्याम्पसको चरित्र माथि नै संशय पैदा हुन थालेको छ ।


२०८१ साल बैशाख १६ गते परिक्षा संचालनको बेला भएको तोडफोडको क्याम्पसले क्षतीपूर्ती पाउने क्रममा मनपरितन्त्र हावी भएको हो ।

 

कक्षा १२ को परिक्षा संचालनको बेला परिक्षा दिन आएका नेशनल इन्फोटेक कलेजका बिद्यार्थीले तोडफोड गरेका थिए ।

 

त्यतीबेला १२ थान मोटरसाइकल ,बस , ल्याबका समान कक्षकोठाका झ्यालको सिसा तोडफोड भएको थियो ।


प्रारम्भमा तोडफोडका कारण ४३ लाख रुपैया बराबरको क्षती भएको क्याम्पसले मूल्याकंन गरेको थियो ।

 

पछि जिल्ला प्रशासन कार्यालयको रोहवरमा सम्बद्ध कार्यालयका प्रतिनिधिहरुको सहभागितामा भएको मूल्याकंनमा ३९ लाखको क्षती यकिन गरिएको थियो ।


जिल्ला प्रशासन कार्यालय पर्साको पहलकदमीमा भएको छलफलमा २९ लाख रुपैया क्षतीपूर्ती पाउने निष्कर्ष निकाले थियो । तर कलेज संचालक समतिका सल्लाहकार जयप्रकाश खेतानले १२ लाख रुपैया नगद बुझेर लगेका थिए ।


सल्लाहकार खेतानले क्षतीपूर्ती बापतको रकम बुझ्दा गरिएको सहमतीपत्रमा कलेजका तर्फबाट हस्ताक्षर गरेका छन ।

 

उनले आफूले क्याम्पस संचालक समितिको बैठकबाट गरिएको निर्णयका आधारमा सहमती पत्रमा हस्ताक्षर गरेको बताए । एउटा नजिर बस्ने भएकोले सहमती गरिएको उनले बताए ।

खेतानले कुने पनि कलेजलाई किन अप्ठयारोमा पार्ने हामी सबै एकै हौं भन्ने ठानेर १२ लाख क्षतीपूर्तीमा सहमती जनाएको बताए ।

यद्धपी यो बिषयमा क्याम्पस संचालक समितिको बैठक बसेर यस बिषयमा कुनै निर्णय नगरिएको स्रोतले दावी गरेको छ ।


क्याम्पस प्रमुख किशोरी राय यादवले क्याम्पसको खातामा १२ लाख रुपैया दाखिला गरिएको बताए । उनले क्षतीपूर्ती भनिए पनि जे नोक्सानी भएको हो १२ लाखले त्यसको पूर्ती नहुने बताए ।

 

उनले स्थानीय प्रशासनले २९ लाख रुपैया क्षतीपूर्ती पाउने गरि आश्वासन दिएको उनले बताए । उनले सम्बन्धीत निकायमा आफूले उजुरी दिएको बताए ।

 

क्याम्पस प्रमुखले उजुरी दिएपनि क्षतीपूर्तीको रकम उपलब्ध गराउने बेलामा सम्बन्धीत निकायले आफूलाई नसम्झेकोमा उनले गुनासो गरे ।

 

उनले १२ लाख रुपैयामा नगद प्राप्त भएकोले पछि क्याम्सका कर्मचारी मार्फत खातामा हाल्न लगाएको बताए ।

क्याम्पस प्रमुख यादवले प्राप्त रकमले तोडफोडबाट भएका सम्पूर्ण क्षतिका सामान जुटाउन नसकिने बताए ।

को आदर्शनगरस्थित हरिखेतान बहुमुखी क्याम्पसमा तोडफोड गराउने नेशनल इन्फोटेक कलेज ९एनआई कलेज० ले क्याम्पसलाई १२ लाख रुपैयाँ क्षतिपूर्ति तिरेको छ ।

।ू

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.