logo

उपचारकै क्रममा घाइते टिनुको मृत्युपछि अलौमा तनाब, स्थानीय नागरिक सडकमा

 इसीमाना सम्बाददाता      २०८१ भदौ २८ गते १३: १३ मा प्रकाशित     401   पटक पढिएको

वीरगञ्ज । सवारी दुर्घटनामा बीरगंज १७ अलौंका २२ वर्षिय टिनु कुमार तुराहको उपचारको क्रममा मृत्यु भएपछि अलौबासी सडकमा उत्रिएका छन ।

 

हिजो मोटरसाइकलमा सवार टिनुलाई ट्याङ्करले ठक्कर दिएको थियो । ठक्करकै कारण घाइते भएका टिनुलाई उपचारकोलागि बयोधा मेडिसीटी अस्पतालमा उपचारकोलागि भर्ना गरिएको थियो ।

 

उपचारकै क्रममा राती उनको मृत्यु भएको हो । ना ६ ख ७५०३ नम्बरको ट्याङ्करको ना २९ प ६९५१ मोटरसाइकललाई ठक्कर दिएको थियो । मोटरसाइकलका चालक तुराह घाइते भई अस्पतालमा भर्ना गराइएका थिए ।

 

हिजो दुर्घटनालगत्तै गम्भीर घाइते साहलाई उपचारका लागि पहिला बाराको नौतनस्थित एलएस न्यूरो अस्पतालमा लगिएको थियो ।

 

त्यसपछि बयोधा मेडिसटी हस्पिटलमा भर्ना गरिएका साहको उपचारका क्रममा राति मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपक भारतीले जानकारी दिए ।

 


टिनुको मृत्युको खवरले दुःखीत र आक्रोशित भएका उनका आफन्तजन तथा स्थानीय सडकम उत्रिएका छन । ठुलो संख्यामा सडकमा उत्रिएका स्थानीयले ठक्कर दिने गाडीका चालकलाई कारवाही र मृतक परिवारलाई क्षतीपूर्तीको माँग गरेका छन ।

 

स्थानीयले ट्याङ्कर चालकको लापरवाहीको कारण दुर्घटना भएको र पछि ट्यांकर चालकले जानीजानी ठक्कर दिएर मारेको आरोप लगाएका छन ।

 

ठक्कर दिने ट्यांकर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भारतीले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.