logo

ओजन फर लाइभ, बिषयक बक्तृत्वकला प्रतियोगिता सम्पन्न गौतमका चौधरी भए प्रथम

 इसीमाना सम्वाददाता     २०८१ भदौ २९ गते ०५: ४० मा प्रकाशित     861   पटक पढिएको

बीरगंज । राष्ट्रीय बाल दिवसको अवसरमा लिभिङ विथ इन्भायोरन्मेन्ट नामको संस्थाले “ओजन फर लाइभ” शिर्षकमा बक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ ।


बीरगंज पब्लिक कलेजको सभाकक्षमा आयोजना गरिएको प्रतियोगितामा बीरगंजका बिभिन्न एघार बिद्यालयका बिद्यार्थीले भाग लिएका थिए ।

May be an image of 8 people and text

प्रतियोगिहरु आफनो मन्तब्यमा ओजनको अवस्थिति, त्यसको काम , मानव जीवनमा त्यसको महत्व , ओजनको संरक्षणकालागि खेल्नु पर्ने भूमिकाका बिषयमा आफना भनाई राखेका थिए ।


प्रतियोगितामा गौतम माध्यामिक बिद्यालयका स्पन्दन चौधरी प्रथम, आन्नद चौधरी द्वितिय र माइस्थान बिद्यापीठ की रुपा गिरी तृतिय भएका थिए । प्रतियोगितामा बिजयी प्रतियोगीहरुलाई पुरस्कार तथा मेडल प्रदान गरिएको थियो ।


कार्यक्रममा डा. सुष्मा तिवारीले बिद्यार्थीले ओजन तहका बारेमा ब्यक्त गरेका बिचारहरु निकै महत्वपूर्ण रहेको बताइन । उनले प्रतियोगितामा सहभागि सबैलाई धन्यवाद दिइन ।

May be an image of 17 people, hospital, newsroom and dais

बिगतलाई स्मरण गर्दै यही उमेरमा आफूहरु यसरी मंचमा चढेर बिचार ब्यक्त गर्न सक्ने भएका थिएनौं उनले भनीन अहिले भाईबहीनीहरुमा ढुक्कसंग बिचारको प्रस्तुती गर्ने कला देखेर म निकै खुशी छु ।


कार्यक्रममा जनमतका जिल्ला अध्यक्ष ओम प्रकाश सर्राफले कार्यक्रम निकै प्रभावकारी रहेको बताए । उनले प्रकृतिको संरक्षणमा आजको युवा पुस्ताले गहन जिम्मेवारी निर्वाह गर्नु पर्ने बताए ।


कार्यक्रममा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तवरेज अहमद, नेपाल पत्रकार महासंघका केन्द्रीय सदसइ के.सी.लामिछाने तथा लिभिङ्ग विथ इन्भायोरेन्मेन्टका केन्द्रीय सचिव देवेश सर्राफले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।


फिरोज अन्सारीको अध्यषतामा भएको कार्यक्रममा इक्वाल हैदर, दिपेश वरनवालले मन्तब्य ब्यक्त गरेका थिए ।

 

कार्यक्रमको संचालन आयुष्मा सर्।ाफले गरेकी थिइन । कार्यक्रममा सहभागी सबे प्रतियोगीलाई सहभागिताकोलागि सम्मान सहित प्रमाण पत्र प्रदान गरिएको थियो ।

 

प्रतियोगितामा खालिद रेजा अन्सारी,आशुतोष चौधरी,योगिशा श्रेष्ठ,मुस्कान बरनवाल,सोनी साह कलवार,आकाश साह लगायतले भाग लिएका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.