logo

तेरापन्थ युवक परिषदद्वारा आयोजीत रक्तदान,१६ महिला सहित २११ जनाले गरे रक्तदान

 इसीमाना सम्वाददाता     २०८१ भदौ २९ गते ०८: ४१ मा प्रकाशित     468   पटक पढिएको

वीरगन्ज । तेरापंथ युवक परिषद वीरगन्जको ११ दिने वृहत् रक्तदान कार्यक्रम अन्तर्गत शनिवार जैन भवन वीरगन्जमा सम्पन्न भएको छ ।

 

रक्तदान कार्यक्रममा १६ महिला सहित २ सय ११ जनाले रक्तदान गरेका छन । रक्तदान गर्नेहरुमा अन्नु कर्ण,निशा कार्की,संगीता शर्मा ,कुसुम जैन,रुचिका मोरे,सारिका अग्रवाल,प्रीया गुप्ता,स्वेता श्रीवास्तव ,पुजा दुग्गड,संगीता सरावगी ,रिशिका पोखरेल रन्जित पोखरेल,सुभाष भट्टराई ,सुशील कुमार सिंह ,मुकेश अग्रवाल,आकाश पटेल,अरजेश के.सी,गौतम कानु,बिक्रम तिवारी,गोपाल अग्रवाल,राकेश महर्जन लगायतले रक्तदान गरि मानवता बलियो बनाएको कार्यक्रमका सह संयोजक नरेश भंसालीले बताए ।


सो अवसरमा वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगन्ज दानवीरको शहर भएको चर्चा गर्दै तेरापन्थ युवक परिषदले आयोजना गरेको रक्तदान जस्तो महादान कार्यमा रक्तदाताहरुको बाक्लो सहभागिता देखेर आफू खुशी भएको बताए ।

तेरापन्थले विगतका वर्षहरुमा यस्तो सामाजिक कार्य गर्दै देश जनता समाजको सेवामा सहयोग गरेकोमा सम्पुर्ण परिवार प्रति हार्दिक आभार प्रकट गरे । ४ दिनमै ६ सय ५० पोका रगत संकलन गरिसकेकोले अब १ हजार ५ सय पिन्ट रगतको लक्ष्य टाढा नरहेको बताए ।


तेरापन्थ युवक परिषदका अध्यक्ष लोकेश जम्मडको अध्यक्षतामा भएको कार्यक्रममा तेरापन्थ युवक परिषदका केन्द्रीय सचिव अमित नाहटा , तेयुप नेपालका प्रभारी जिनेन्द्र नौलखा, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक बैद ,नेपाल रेडक्रस सोसाइटी पर्साका सभापती विरेन्द्र राज कडेल,उपसभापती मधु राणा,ससस्त्र प्रहरी नायव उपरिक्षक नरेन्द्र धामी ,वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नीरिक्षक निरोज चौलागाइ, रोशन कार्की ,मानवअधिकारकर्मी राजेश जैन बोथरा परिषदका उपाध्यक्ष पीयूष जम्मड,पंकज बैद, कार्यक्रम संयोजक धिरज बोरड,सहसंयोजक सौरभ भुटोरिया,अजय पुग्लिया, अकिंत भन्साली,लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि एवं स्थानियहरुको बाक्लो सहभागिता रहेको थियो ।


तेरापन्थ युवक परिषद वीरगन्जले गत भदौ २५ गते देखि असोज ४ गते सम्म लगातार ११ दिने बृहत् रक्तदान कार्यक्रमको आयोजना गर्ने र सो कार्यक्रमबाट १५ सय भन्दा बढी पिन्ट रगत संकलन गर्ने लक्ष्य राखेको छ । शनिवार चौथो दिन बीरगंजको जैन भवनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको हो ।


रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभ पाण्डे र प्राबिधिक जितेन्द्र कुश्वाहा लगायत रेडक्रस स्वयंसेवकको टिमले रक्तदाताहरु लाइ रक्तदान गर्न सघाएका थिए भने कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष लोकेश कुमार जम्मडले र सहजीकरण सचिव सुमित सेठियाले गरेको सह संयोजक नरेश भंसालीले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.