logo

मधेशसंचार.कम को मुख्यमत्री सिंहले गरे शुभारम्भ,राष्ट्र निर्माणमा चौथो अंगलाई भूमिका निर्वाह गर्न गरे आग्रह

 इसीमाना सम्वाददाता     २०८१ असोज १ गते ०८: ३८ मा प्रकाशित     334   पटक पढिएको

वीरगन्ज । मधेशका मुख्यमंत्री सतिश सिंहले मुलुकको बिकास र प्रगतीकालागिलागि राजनीतिज्ञ, कर्मचारी, सुरक्षा निकाय मात्र होइन राज्यको चौथो अंगको पनि उतिकै भूमिका रहने बताएका छन ।

 


मुख्यमत्री सिंहले मधेशसंचार.कम अनलाइन न्यूज पोर्टलको मंगलवार जनकपुरमा शुभारम्भ गर्दै यस्तो बताएका हुन ।


उनले पत्रकारिता जिम्मेवार हुनकालागि स्वतन्त्र हुनु पर्नेमा जोड दिए । स्वतन्त्र भएर समाचार सम्प्रेषण गरे मात्र त्यसले निष्पक्षता कायम गर्ने उनले आफ्नो बिश्वास रहेको बताए ।


उनले प्रदेशमा धेरै अनलाइन मिडिया रहेको चर्चा गर्दै अव सकारात्मक समाचार प्रवाह गर्ने बेला आएको तर्फ बिचार गर्न आग्रह गरेका छन ।


उनले मधेशसंचार.कमले ओझेलमा परेका वा अन्य संचार माध्यमको उठाउन नसकेका बिषयहरु उठाउने र जनतलाई सुचित पार्ने बिश्वास ब्यक्त गरे ।


उनले राष्ट्र निर्माणको काममा पत्रकारिता पेशाको पनि योगदान हुने चर्चा गर्दै प्रदेश सरकारले सकारात्मक तथा सृजनात्मक योगदानको अपेक्षा गरेको बताए ।

 

एम.एन.एन. मिडिया हाउसद्वारा सञ्चालित अनलाइन पोर्टलको मुख्यमंत्री सिंहले मंगलबार मुख्यमन्त्री कार्यालयमा उद्घाटन गरेका हुन् ।


एक कार्यक्रमबीच ‘मधेशसञ्चार’ अनलाइन पोर्टलको बटम थिचेर मुख्यमन्त्री सिंहले शुभारम्भ गरेका थिए।

 

उद्घाटन कार्यक्रममा समारोहमा बोल्दै मुख्यमन्त्री सिंहले मधेशसञ्चारलाई सफलताको शुभकामना दिएका दिएका थिए ।

 

उद्घाटन समारोहलाई सम्बोधन गर्दै ‘मधेशसञ्चार’ डटकमका सम्पादक के.सी . लामिछानेले आफ्नो मिडियाले प्रदेशका समस्याहरुको उठान गर्ने प्रतिबद्धता जनाए ।

उनले पत्रकारिताको सत्य, सन्तुलन र बिश्वसनीयता कायम गर्ने सिद्धान्तको आलोकमा कन्टेन्ट प्रक्षेपण गरिने बताए ।

 

मधेश सञ्चारमार्फत संवैधानिक दायराभित्र रहेर पत्रकारिता गर्ने प्रतिबद्धता सम्पादक लामिछानेले व्यक्त गरे ।

 

‘मधेशसञ्चारले देश र प्रदेशको नीति नियमको सम्मान गर्दै त्यही दायरा भित्र रहेर समाचार उठाउने उनले बताए ।

 

उनले पत्रकार आचारसंहितामा रहेर लोकतन्त्रलाई थप मजबुत बनाउने गरी समाचार सम्प्रेषण गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.