logo

मिटरब्याजीको आरोपमा प्राधानाध्यापक चौरसीया पक्राउ,धरौटी बापतको जग्गा बेचेको पीडितको भनाई

 इसीमाना सम्वाददाता     २०८१ असोज ४ गते ०८: ०२ मा प्रकाशित     569   पटक पढिएको

वीरगंज । मिटरब्याजीको आरोप लागेका बिन्दवासिनी गाँउपालिका वडा नम्बर ४ मधवलका स्थायी बासिन्दा हाल वीरगंज ११ श्रीपुरमा बसोबास गर्ने गाया प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।


चौरसियालाई अनुचित लेनदेन गरेको आरोप पर्सा प्रहरीले असोज २ गते जिल्ला प्रहरी कार्यालय परिसरबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चौरसिया वीरगंज १५ भिस्वामा रहेको सामुदायिक बिद्यालयको प्रधानाध्यापकको रुपपमा कार्यरत रहेका छन

 

पक्राउ परेका चौरसिया उपर अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालत पर्साले ७ दिनको म्याद थप गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।


बिन्दवासिनी गाँउपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी आत्मा प्रसाद चौरसिया,वीरगंज १५ भेडियाहीका राधेश्याम सर्राफ र बिन्दवासनी गाँउपालिका वडा नम्बर २ गर्दौलका बिन्दा देवी कुर्मी लगायतले चौरसीया बिरुद्ध मिटर व्याज लिएको भन्दै उजुरी दिएको मिटर व्याज किसान मजदुर आन्दोलनका वीरगंज महानगर अध्यक्ष शम्भु यादवले जानकारी दिए ।


चौरसियाले २०७४ मा आत्मा प्रसाद चौरसियालाई १६ कठा १० धुर जग्गा पास गरि २० लाख दिएका थिए ।

 

जसमध्ये व्याज वापत रु ८ लाख लिईसकेको र जग्गा पनि अरुलाई बेचेको पीडितको आरोप छ ।यसैगरी राधेश्याम सर्राफलाई चौरसियाले २०५६ सालमा १० कठा १५ धुर जग्गा पास गरि २ लाख दिएका थिए ।

 

जसमध्ये सर्राफले व्याज बापत रु ४ लाख दिइसकेको र नेपाली काँग्रेसका नेता (कानुन मन्त्री) अजय चौरसियाको घरमा पञ्चायती बसी ४ लाख ४७ हजारमा टुगों लगाउदा समेत चौरसियाले पञ्चायतीको निर्णय बिपरीत गएर काम गरेको र जग्गा पनि फिर्ता नगरेको सर्राफले आरोप लगाए ।

 

यसैगरी बिन्दा देवीले पनि ५ कठा जग्गा पास गरि ५० हजार ऋण लिएको र हाल सम्म पनि जग्गा फिर्ता नगर्दा उनले पनि चौरसिया उपर मिटर व्याजको मुद्दा दर्ता गराइएकि छिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.