logo

मिटरब्याजीको आरोपमा प्राधानाध्यापक चौरसीया पक्राउ,धरौटी बापतको जग्गा बेचेको पीडितको भनाई

 इसीमाना सम्वाददाता     २०८१ असोज ४ गते ०८: ०२ मा प्रकाशित     791   पटक पढिएको

वीरगंज । मिटरब्याजीको आरोप लागेका बिन्दवासिनी गाँउपालिका वडा नम्बर ४ मधवलका स्थायी बासिन्दा हाल वीरगंज ११ श्रीपुरमा बसोबास गर्ने गाया प्रसाद चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।


चौरसियालाई अनुचित लेनदेन गरेको आरोप पर्सा प्रहरीले असोज २ गते जिल्ला प्रहरी कार्यालय परिसरबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका चौरसिया वीरगंज १५ भिस्वामा रहेको सामुदायिक बिद्यालयको प्रधानाध्यापकको रुपपमा कार्यरत रहेका छन

 

पक्राउ परेका चौरसिया उपर अभद्र व्यवहारको मुद्दामा जिल्ला अदालत पर्साले ७ दिनको म्याद थप गरेको पर्सा प्रहरीले जानकारी दिएको छ ।


बिन्दवासिनी गाँउपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी आत्मा प्रसाद चौरसिया,वीरगंज १५ भेडियाहीका राधेश्याम सर्राफ र बिन्दवासनी गाँउपालिका वडा नम्बर २ गर्दौलका बिन्दा देवी कुर्मी लगायतले चौरसीया बिरुद्ध मिटर व्याज लिएको भन्दै उजुरी दिएको मिटर व्याज किसान मजदुर आन्दोलनका वीरगंज महानगर अध्यक्ष शम्भु यादवले जानकारी दिए ।


चौरसियाले २०७४ मा आत्मा प्रसाद चौरसियालाई १६ कठा १० धुर जग्गा पास गरि २० लाख दिएका थिए ।

 

जसमध्ये व्याज वापत रु ८ लाख लिईसकेको र जग्गा पनि अरुलाई बेचेको पीडितको आरोप छ ।यसैगरी राधेश्याम सर्राफलाई चौरसियाले २०५६ सालमा १० कठा १५ धुर जग्गा पास गरि २ लाख दिएका थिए ।

 

जसमध्ये सर्राफले व्याज बापत रु ४ लाख दिइसकेको र नेपाली काँग्रेसका नेता (कानुन मन्त्री) अजय चौरसियाको घरमा पञ्चायती बसी ४ लाख ४७ हजारमा टुगों लगाउदा समेत चौरसियाले पञ्चायतीको निर्णय बिपरीत गएर काम गरेको र जग्गा पनि फिर्ता नगरेको सर्राफले आरोप लगाए ।

 

यसैगरी बिन्दा देवीले पनि ५ कठा जग्गा पास गरि ५० हजार ऋण लिएको र हाल सम्म पनि जग्गा फिर्ता नगर्दा उनले पनि चौरसिया उपर मिटर व्याजको मुद्दा दर्ता गराइएकि छिन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

तिर्थ स्मृति प्रतिष्ठानद्वारा बरिष्ठ समाजसेवी बख्रेल सम्मानीत

काठमाण्डौ । बरिष्ठ समाजसेवी चन्द्रप्रसाद बख्रेल तिर्थ स्मृति प्रतिष्ठान नेपालबाट सम्मानीत भएका छन ।  काठमाण्डौ सामाखुशी स्थित लिंकन कलेजमा मंगलवार आयोजीत एक कार्यक्रका वीच उनलाई सम्मान गरिएको हो ।

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.