logo

घटनाको संकलमा गहिरोसंग लाग्न इन्सेकलाई अध्यक्ष चौहानको सुझाव

      12/24/2020 गते 00 00 मा प्रकाशित     1005   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले मानव अधिकारको उल्लंघनको बिषयलाई सार्वजनीक गरेर राज्यलाई जिममेवार र जवाफदेह बनाउने काममा महत्वपूर्ण भूमिका खेलेको बताउनु भएको छ । 
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पर्साले वर्ष २०२१ कालागि संकलन गरेको मानव अधिकार उल्लंघन सम्बन्धी घटनाका बिषयमा बीरगंजमा आयोजना गरेको प्रकाशन पूर्वको समिक्षा गोष्ठीमा उहाँले यस्तो बताउनु भएको हो । 


उहाँले दण्डहिनता बढेको भन्दै चिन्ता समेत ब्यक्त गर्नु भयो । मानव अधिकार घना उल्लंघन हुदा मानव अधिकार वर्ष पुस्तकमा नाम प्रकाशन हुदा पहिलाका प्रहरी कर्मचारीमा चिन्ता देखिन्थ्यो अहिले  त्यस्तो नदेखिएको भन्दै घटनाको संकलनमा अझै बढी गहिरोसंग लाग्नु पर्ने सुझाव दिनु भयो । 


कार्यक्रममा पर्साका निमित्त एसपी ओमप्रकाश खनालले नेपाल प्रहरी मानव अधिकारको संरक्षण र प्रर्वद्धन प्रति प्रतिवद्ध र।हेको बताउनु भयो । अहिले पनि मानव अधिकारको बिषयमा प्रहरी सम्बेदनशिल रहेको बताउदै मानव अधिकार प्रतिको सम्मान र समर्पण प्रहरीको करियरसंग पनि जोडिएको बताउनु भयो । उहाँले प्रहरीले  पीडामा परेकाहरुकोलागि काम गर्ने बताउदै धेरै बिषयमा काम गर्ने भएकोले कमजोरी हुनु सक्ने स्वीकार गर्दै सकारात्मक आलोचनाको अपेक्षा सदैव गरिने बताउनु भयो । 


कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष श्याम बन्जाराले इन्सेकले मानव अधिकार वर्ष पुस्तक निकालेर सामाजिक न्याय र मानव अधिकारको पक्षमा राम्रो भूमिका निर्वाह गरेको बताउनु भयो । उहाँले पत्रकार आफै पनि पहिलो पंक्तिको मानव अधिकार रक्षक भएको बताउदै पत्रकारहरुले आफनो भूमिका झनै प्रभावकारी बनाउनु पर्ने सुझाव दिनु भयो ।


मानव अधिकार निगारनी समुह पर्साका संयोजक तवरेज अहमदको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मानव अधिकार संगठन पर्सा सचिव शिवनाथ यादवले मानव अधिकार उल्लंघनको बिषयमा राज्य जिम्मेवार हुनु पनेृ बताउनु भयो । उहाँले मानव अधिकारको संरक्षण र प्रर्वद्धनमा राज्यको प्रथामिकता रहनु पनेृ बताउदै न्यायमा आम मान्छेको पहुच स्थापित हुनु पर्नेमा जोड दिनु भयो । 


कार्यक्रममा इन्सेक पर्साका प्रतिनिधि के.सी.लामिछानेले पर्सा जिल्लाको मानव अधिकारको अवस्थाका बारेमा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । 


पर्सामा १८ वर्ष मुनिका बालिका बलात्कारका ३१  अप्राकृतिक मैथुनका २ ,१८ वर्ष भन्दा माथिका महिला बलात्कारका ७,बलात्कार प्रयासका ३,बाल यौन दूब्र्यवहारका ६ कर्तब्य ज्यानका १२ बोक्सी आरोप १ राज्यबाट दूब्र्यवहारका ४ मानव बेचबिखनका १ र बहुविहारको १ घटना भएको बताउनु भयो । बलात्कारका घटनाहरु गाउँ घरमै मिलाउने प्रचलनका कारण कतिपय घटनाहरु गाउँघरमै मिल्ने गरेको उहाँले बताउनु भयो । 
कार्यक्रममा सामाजिक कार्यकर्ता अशमोहीनी चौधरी, पत्रकारहरु अलिअसगर देवान, महेशचन्द्र गौतक, तुलसी भण्डारी श्रीराम रायमाझि लगायतले बिभिन्न जिज्ञासा राख्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.