logo

बिल बिजक नदेखाउने उपभोक्ता हित बिरोधी बिभिन्न ब्यसायीक फर्महरु दण्डीत

      12/24/2020 गते 00 00 मा प्रकाशित     982   पटक पढिएको

उपभोक्ताको हित बिपरित हुने गरि संचालनमा रहेका बिभिन्न ब्यवसायीक प्रतिष्ठानहरुलाई बजार अनुगमन टोलीले दण्डीत गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतुत्वमा गएको अनुगमन टोलीले उनीहरुलाई दण्डीत गरेको हो । 


अनुगमन गर्ने क्रममा बिरगंज महानगर पालिका वडा न.६ को ६ नम्बर गेट स्थित माबनारसि ईन्टरप्राईजेजले बिल बिजक नदेखाएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम २० हजार रुपैया जरिवाना गरिएको छ ।  सोही ठाउको  श्री शोभा ट्रेडर्सलाई पनि २० हजार ,  वडा न.१० घडिअर्वा स्थित शिमी आयुर्वेदिक फार्मेसीलाई रु ५ हजार , एन . यु. ट्रेडिङ्गलाई ५ हजार , वडा न.१० पानमन्डी स्थित एच. एम. ट्रेडर्सलाई ५ हजार ( ,जयमा दुर्गा किराना स्टोरलाई १० हजार  र देबि किराना पसललाई ५ हजार जरिवाना गरिएको  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीले जानकारी दिनुभयो ।


संयुक्त अनुगमन टोलिमा  बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका जित बहादुर भन्डारी , सुचना अधिकारी दिलिप खङ्ग , नायब सुब्बा रामप्रबेश यादव , उपभोक्ता हित संरक्षण मञ्च बीरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , कन्ज्युमर आई नेपालका रन्जु फुयाल , बीरगंज उद्योग बाणिज्य सघका मनोज कुमार दास , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक रामदरश यादव , नेपाल पत्रकार महासघ पर्साका आरके पटेल , सन्चारकर्मी अर्जुन गुप्ताको सहभागिता  रहेको थियो ।


अनुगमन गर्ने क्रममा पसलेहरुले बिल बिजक र अन्य कागजातहरु नदेखाएर असहयोग गरेकोले तत्काल जरिवाना गरिएको थियो । उक्त जरिवाना  रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी गराउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.