logo

बिल बिजक नदेखाउने उपभोक्ता हित बिरोधी बिभिन्न ब्यसायीक फर्महरु दण्डीत

      12/24/2020 गते 00 00 मा प्रकाशित     1119   पटक पढिएको

उपभोक्ताको हित बिपरित हुने गरि संचालनमा रहेका बिभिन्न ब्यवसायीक प्रतिष्ठानहरुलाई बजार अनुगमन टोलीले दण्डीत गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेलको नेतुत्वमा गएको अनुगमन टोलीले उनीहरुलाई दण्डीत गरेको हो । 


अनुगमन गर्ने क्रममा बिरगंज महानगर पालिका वडा न.६ को ६ नम्बर गेट स्थित माबनारसि ईन्टरप्राईजेजले बिल बिजक नदेखाएकोले उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम २० हजार रुपैया जरिवाना गरिएको छ ।  सोही ठाउको  श्री शोभा ट्रेडर्सलाई पनि २० हजार ,  वडा न.१० घडिअर्वा स्थित शिमी आयुर्वेदिक फार्मेसीलाई रु ५ हजार , एन . यु. ट्रेडिङ्गलाई ५ हजार , वडा न.१० पानमन्डी स्थित एच. एम. ट्रेडर्सलाई ५ हजार ( ,जयमा दुर्गा किराना स्टोरलाई १० हजार  र देबि किराना पसललाई ५ हजार जरिवाना गरिएको  वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका निमित कार्यालय प्रमुख जित बहादुर भण्डारीले जानकारी दिनुभयो ।


संयुक्त अनुगमन टोलिमा  बाणिज्य , आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्साका जित बहादुर भन्डारी , सुचना अधिकारी दिलिप खङ्ग , नायब सुब्बा रामप्रबेश यादव , उपभोक्ता हित संरक्षण मञ्च बीरगंज महानगर अध्यक्ष अजित कुमार भुजेल , कन्ज्युमर आई नेपालका रन्जु फुयाल , बीरगंज उद्योग बाणिज्य सघका मनोज कुमार दास , वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी नायब निरीक्षक रामदरश यादव , नेपाल पत्रकार महासघ पर्साका आरके पटेल , सन्चारकर्मी अर्जुन गुप्ताको सहभागिता  रहेको थियो ।


अनुगमन गर्ने क्रममा पसलेहरुले बिल बिजक र अन्य कागजातहरु नदेखाएर असहयोग गरेकोले तत्काल जरिवाना गरिएको थियो । उक्त जरिवाना  रकम ७ दिन भित्र जम्मा गर्न निर्देशन दिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय पर्सा का सूचना अधिकारी दिलिप खंग खत्वेले जानकारी गराउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.