logo

‘पुलिस अफ द मन्थ’ अभियानले प्रहरीमा खुसी, पर्सामा मंसिरको ‘पुलिस अफ द मन्थ’मा इन्सपेक्टर पुरी

      1/2/2021 गते 00 00 मा प्रकाशित     985   पटक पढिएको

वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक राजेश राज पुरी ‘प्रहरी अफ द मन्थ’ बाट सम्मानीत् हुनु भएको छ । 
वीरगन्ज महानगरपालिकाको विर्ता वडा प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक पुरीलाई उत्कृष्ट कार्य गरेको भन्दै पर्साका एसपी गंगा पन्तले सम्मानीत गर्नु भएको हो  ।  

मंसिर महिनामा अन्य अधिकारी भन्दा उत्कृष्ट काम गरेको भन्दै जिल्लाको प्रहरी मुख्यालयबाट पुरीलाई सम्मानित गरिएको प्रहरीले जनाएको छ । 


पर्सा प्रहरीले दिएको सम्मान पत्रमा भनिएको छ– भारतसंग खुल्ला सीमाना जोडिएका कारण जिल्लामा हुने जघन्य प्रकृतिका अपराध नियन्त्रण, अवैध हतियार पक्राउ, लागुऔषध पक्राउ, चाँदी पक्राउ, विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ, चोरी निकासीमा नियन्त्रण, सवारी दुर्घटना न्युनिकरण जस्ता कार्यहरुमा उत्कृष्ट कार्य गरेकोमा यहाँलाई ‘पुलिस अफ द मन्थ’ घोषणा गरिन्छ । 


 कम समयमा बढी घटनाहरु न्युनिकरण गर्न , राजश्व  संकलन बृद्धि गर्न  महत्वपूर्ण भूमिका निर्वाह गरेको पुरीलाई सम्मनीत गरिएको  प्रहरी उपरिक्षक पन्त बताउनु भयो  ।

 


सम्मानित गर्दै प्रहरी उपरिक्षक पन्तले यो सम्मान व्यवसायिक तथा इमान्दार प्रहरीका लागि भएको उल्लेख गर्नु भयो । प्रहरीभित्र व्यवसायिकताको धर्म निर्वाह गर्ने जोसुकैलाई पनि यसैगरी प्रत्येक महिना सम्मान  दिने भएको हुँदा सबैले यो सम्मान लिनको लागि त्यहीअनुसार काम गर्न उहाँले अपिल गर्नु भयो  । 


यो अभियानबाट प्रहरीमा खुसी आएको बताइन्छ । कामको मूल्यांकन हुने भएको हुँदा सम्मानले प्रहरीलाई अझ  बढी काम गर्न जिम्मेवार बनाएको सम्मानीत प्रहरी निरीक्षक पुरीको भनाइ छ । 


पर्सामा करिब ११ सयको हाराहारीमा प्रहरी दरबन्दी छ । तर उत्कृष्ट काम गर्ने एकजनालाई प्रत्येक महिना सम्मानित गर्ने गरिएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.