logo

छठ पर्वमा सुरक्षाको जेखिम , बिशेष शान्ति सुरक्षा योजना लागु हुने

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक २० गते ०५: २८ मा प्रकाशित     431   पटक पढिएको

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालयले छठपर्वमा सम्भावित जोखिमलाई मध्यनजर गर्दै विशेष शान्ति सुरक्षा योजना बनाउने भएको छ । 

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जिल्ला सुरक्षा समितिको बैठक बसेर छठपर्वका लागि आवश्यक सुरक्षा रणनीतिसहित योजना बनाइने बताए  ।

 

प्रजिअ अर्यालले जिल्लाका सुरक्षा निकायसँगै नगरप्रहरीसँग पनि समन्वय गरेर अघि बढ्ने बताए  । मंगलबार घडिअर्वा छठ पूजा व्यवस्थापन समितिले सुरक्षा निकायका प्रमुखहरुसंग आायोजना गरेको बैठकमा जिल्लाका सुरक्षा निकायका प्रमुखहरुले छठघाटमा सुरक्षाका सवालमा कुनै त्रुटी हुन नदिने प्रतिबद्धता जनाएका छन ।

वीरगञ्ज महानगरभित्र घडीअर्वा पोखरी, रानीघाट छपकैयाको छठघाट, माईधिया पोखरी, नगवा पोखरी, सोलकपुर चोर्नी  मुर्ली र परसवाको छठघाटमा विशेष सजावट र डेकोरेसन गरेर छठपर्व मनाइदैछ ।

 

वीरगञ्जमा सबैभन्दा धेरै दर्शनार्थी तथा अवलोकनकर्ता घडीअर्वा पोखरीमा आउने गर्छन् । त्यसैले घडीअर्वा पोखरीको सुरक्षा चुनौती प्रमुख हुने गर्छ । 

 

घडीअर्वा पोखरी छठपूजा व्यवस्थापन समिति अन्तर्गतको सुरक्षा उपसमितिका संयोजक मनोहर गुप्ताले घडीअर्वा पोखरीमा करिब एक लाख ५० हजार भन्दा धेरै अवलोकनकर्ता आउने भएकाले सुरक्षा चुनौती मुख्य रहने बताए । 

 

छठपर्व कात्तिक शुक्ल चतुर्थी अर्थात मंगलवार देखि आरम्भ भएर षष्ठीको दिनसम्म मनाउने गरिन्छ । छठपूजा व्यवस्थापन समितिका सहसचिव प्रभाकर गुप्ताले घडीअर्वा पोखरीको शान्ति सुरक्षाको लागि २० थान सीसी क्यामेरा जडान गरिएको बताए ।

छठघाट परिसरमा दमकल, एम्बुलेन्स, स्वास्थ्यकर्मी लगायतको टोली परिचालन गरिने बताइएको छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.