logo

छठ पूजाकालागि घडीअर्वा पोखरीको तयारी पुरा , सुरक्षाकालागि २२ ठाउमा सीसी क्यामरा जडान

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक २१ गते ०६: ०४ मा प्रकाशित     406   पटक पढिएको

बीरगंज । बीरगंजको घडीअर्वा पोखरी लोक आस्थाको महान पर्व छठ पूजाकालागि तयार भएको छ ।

 

छठपूजा व्यवस्थापन समितिले मंगलवार  पत्रकार सम्मेलन गरि यस बारे जानकारी दिएको हो । यसपालि छठघाटको सजावट र व्यवस्थापनमा गरि करिब १८ लाख ४४ हजार रुपैया खर्च हुने अनुमान गरिएको आयोजकले बताए ।

 टेण्टपण्डालमा ७ लाख ८१ हजार , परिसर बाहिरको बत्ती सजावटमा ९० हजार , भिडियो ग्राफीमा ३५ हजार , पुरस्कारमा ४ लाख ८४ , सरसफाइमा ७५ हजार रुपैया खर्च हुने समितिका कोषाध्यक्ष कन्हैया गुप्ताले जानकारी दिए।

छठपुजा सुरक्षाकोलागि पोखरीको चारै तिर गरि  २२ ठाउमा  सिसिटिभी जडान गरिने एवं नगर प्रहरी , जनपद प्रहरी, सशस्त्र  प्रहरीको सहित १ सय सुरक्षाकर्मी परिचालन हुने छ । स्वयं सेवक ४० जना परिचालन गरिने र पोखरिमा डुङ्गा संचालन गर्ने समितिका अध्यक्ष दिप कुमार साहले बताए । 

गत वर्षको छठमा छठघाट सजावट र ब्यवस्थापनमा १६ लाख २८ हजार ४५२ रुपैयाँ खर्च भएको थियो भने  ७ लाख १० हजार रुपैयाँ बचत भएको   कोषाध्यक्ष गुप्ताले पत्रकार सम्मेलनमा जानकारी गराएका थिए।

पूजाकालागि सवजावट तथा अन्य ब्यवस्थापकीय कामकालागि स्रोत परिचालन बारे पनि पत्रकार सम्मेलनमा  जनाकारी गराईएको थियो । बीरगंज महानगरपालिकाको सहयोगमा र टिकट बिक्री बाट आएको रकम एवं २५० को नगदी सहयोग चिट्ठा बाट रकम संकलन गरिने बताइएको छ । चिठ्ठामा पुरस्कारहरु  इलेक्ट्रोनिक स्कुटर , एलइडि टिभी, पंखा, फ्रीज , वासिङ् मेसिन  राखिएको छठपुजा ब्यवस्थापन समितिका अध्यक्ष साहले जानकारी गराए ।  


सो पत्रकार सम्मेलनमा  वडा अध्यक्ष सुशील कुमार साह , उपाध्यक्ष राकेश कुमार साह , सचीव लखनलाल गुप्ता, सहसचीव प्रभाकर कुमार गुप्ता ,सहकोषाध्यक्ष संजय कुमार साह , क्रान्ति साह घडीअर्वा स्पोर्ट क्लबका अध्यक्ष सन्तोष कानु,उपाध्यक्ष मनोहर साह कानु,सचिव सन्तोष गुप्ता रनन्दु साह लगायतको सहभागीता थियो। 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.