logo

थारु संग्राहलय निर्माणकालागि बजेट बिनियोजन गर्ने मधेशका मुख्यमन्त्री सिंहको प्रतिवद्धता

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १ गते ०७: १८ मा प्रकाशित     388   पटक पढिएको

राजबिराज ।  मधेस प्रदेशका मुख्यमन्त्री सतिष कुमार सिंहले सप्तरीमा थारु संग्राहलय निर्माणका लागि आबश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

सप्तरीको बोदेबर्साइन नगरपालिका २ नेङ्गडामा शनिबार थारु कल्याणकारिणी सभा सप्तरीले आयोजना गरेको समाचकेवा महोत्सव उद्घाटन गर्दै उनले यस्तो बताएका हुन। 

 मुख्यमन्त्री सिंहले सबैभाषा, धर्म,  संस्कृति संरक्षणका लागि आबश्यक नीति तथा कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरे ।

 थारु समुदायको पहिचान र कला संस्कृति जगेर्नाका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक बजेटको व्यवस्था गर्ने बताउँदै उनले सप्तरीकै पायक पर्ने कुनै स्थानमा जग्गा उपलब्ध गराउन आग्रह गरे ।


साँस्कृतिक संरक्षणका लागि भव्य कार्यक्रम आयोजना गरेकोमा खुशी व्यक्त गर्दै उनले आगामी दिनमा महोत्सवका लागि प्रदेश सरकारले बजेट उपलब्ध गराउने आश्वासन दिए । 

सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ (ख) बाट निर्वाचित साँसद अनिरुध्द प्रसाद सिंह यादवले संविधान बनाउनेले नै संविधानको पालन नगरेको  आरोप लगाए ।

उनले थारु आदिवासी जनजाति मधेसी लगायत जाति समुदायको एकतामा विचलन ल्याउन प्रमुख राजनीतिक दलले नै संविधान उल्लंघन गरेको बताए । 


थारु कल्याणकारीणी सभा सप्तरीका अध्यक्ष भुपेन्द्र प्रसाद चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोदेबर्साइन नगरपालिकाका मेयर आतेश कुमार सिंह यादव, अग्नीसाइर कृष्णासवरन गाउँपालिका अध्यक्ष दिनानाथ चौधरी, बलानविहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादव ,


यसैगरी थारु, भाषा संस्कृति संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष बुधसेन चौधरी, बोदेबर्साईन नगरपालिका वडा नम्बर २ का अध्यक्ष रामप्रसाद राम, अधिवक्ता भागवत चौधरी, थाकस सप्तरीका पूर्व सल्लाहकार निरन्जन चौधरी लगायतकाले समेत मनतव्य व्यक्त गरे । 


कार्यक्रममा राष्ट्रिय कलाकार ममता चौधरी,सिमा चौधरी,स्वस्तिका चौधरी, भावना चौधरी लगायत स्थानीय कलाकारहरुले  प्राचीन थारु संस्कृति,कला झल्कने गीत तथा नृत्य प्रस्तुत गरेका थिए । 


थारु कलाकार प्रमोद  थारु  र थारु नेता रमाकान्त चौधरीद्वारा संचालित कार्यक्रममा स्वागत थाकस सप्तरीका उपसभापति राम प्रसाद चौधरीले गरे । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.