logo

यसवर्षको स्व.नरेश सर्राफ पत्रकारिता पुरस्कार सम्पादक पटेललाई

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १२ गते ०७: ५३ मा प्रकाशित     411   पटक पढिएको

वीरगंज । नेपाल पोष्ट डेलीका सम्पादक मनोज पटेललाई स्व.नरेश सर्राफ पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय भएको छ । समाजवादी प्रेस संगठनको बुधवार पर्सामा सम्पन्न बैठकले पटेललाई पुरस्कृत गर्ने निर्णय गरेको हो ।

 


पुरस्कार  पाउने पात्र चयनकालागि निर्माण भएको छनौट समितिले पटेलको नाम सिफारिश गरेको संगठनका अध्यक्ष शम्भु कुमार सुमनले बताए ।

 

विगत डेढ दशकदेखि पत्रकारिता क्षेत्रमा क्रियाशिल पटेल अहिले नेपाल पोष्ट डेलीका सम्पादक र सिमा१चल एफएममा संलग्न छन । 

२१ हजार रुपैया राशी रहेको पुरस्कार संगठनले मंसिर १६ गते आईतबारका दिन आयोजना गर्ने दोस्रो स्मृति सभामा वितरण गर्ने संगठनका सहसचिव श्याम सर्राफले बताए । 


यसैगरी बैठकले संगठन पर्साका उपाध्यक्ष हरिशंकर शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको घटनाको प्रकृति हेर्दा र विभिन्न दृष्टिकोणले नियाल्दा उनलाई सुनयोजित तरिकाले फसाइएको  निष्कर्ष निकालेको छ । साथै बैठकले घटनाको निष्पक्ष छानविन गर्न प्रहरीलाई आग्रह गरकेो छ।  


बैठकमा संगठनका केन्द्रिय सचिव बृजलाल पासवान, केन्द्रिय सदस्य मनोज पटेल, सल्लाहकार संजय साह, जिल्ला उपाध्यक्ष रमा थामी, सचिव विनोद पटेल, कोषाध्यक्ष संतोष साह, सदस्यहरु श्याम पासवान, धर्मेन्द्र यादव, जितेन्द्र यादव, श्रवण साह, अमोद शर्मा, सरोज पटेल, प्रदिप साह लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.