logo

सशस्त्र प्रहरीको पकहाँ मैनपुरमा स्वास्थ्य शिविर सञ्चालन, पाँच सयभन्दा धेरै जना लाभान्वित

 इसीमाना सम्बाददाता     २०८१ पौष २० गते ०६: ३५ मा प्रकाशित     341   पटक पढिएको

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर  गण हेड क्वाटर पर्साले  शनिबार पकहाँ मैनपुरमा  आयोजना गरेको स्वास्थ्य शिविरबाट  पाँच सयभन्दा धेरै सर्वसाधारणले स्वास्थ्य लाभ लिएका छन् ।


सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरीले जनतासँग सम्बन्ध सुधार गर्ने उद्देश्यले शनिबार पकहाँ मैनपुर गाउँपालिका–३ स्थित रामचरित्र भगवत माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरेको हो । शिविरमा ज्येष्ठ नागरिक,महिला,पुरुष तथा बालबालिकाको उल्लेखनीय मात्रामा सहभागिता रहेको थियो ।


सशस्त्र प्रहरी बलले प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर , पकहाँ मैनपुर गाउँपालिका, वीरगञ्ज सामुदायिक  आँखा केन्द्र, रोहित फाउण्डेसन÷क्वेष्ट फर्मासिक्टिकलको सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरेको हो  ।

 

 शिविरमा स्त्री तथा प्रसुति रोग विशेषज्ञ सेवा,हाडजोर्नी सेवा, जनरल फिजिसियन र आँखा सम्बन्धि स्वास्थ्य सेवा उपलब्ध गराएको थियो ।


सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वाटरका गणपति राधेश्याम धिमालले सीमा क्षेत्रमा सुरक्षामा खटिने सशस्त्र प्रहरीले सीमाबासीसँग सम्बन्ध विस्तार गर्नका लागि स्वास्थ्य शिविर आयोजना गरेको जानकारी दिए  ।

 

‘‘सीमा सुरक्षामा तैनाथी रहने सशस्त्र प्रहरीले केन्द्रीय कार्यालयको निर्देशन अनुसार नै स्वास्थ्य शिविर  गरेका हौं,’’ उनले भने,‘स्वास्थ्य शिविरबाट सीमा क्षेत्रका जनता लाभान्वित हुनुभएको छ ।’


सो शिविरमा ज्येष्ठनागरिक, महिला तथा बालबालिकाको स्वास्थ्य जाँच गरेर निशुल्क रुपमा औषधी वितरण गरिएको थियो ।
कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले सशस्त्र प्रहरी बलले सीमा क्षेत्रका जनताको स्वास्थ्य  सुधार्नको लागि शिविर आयोजना गरेर सह्रायिन काम गरेको बताए ।

‘‘यस्ता शिविर आगामी दिनमा पनि निरन्तरता दिन जरुरी छ,’ उनले भने‘ यसले सशस्त्र प्रहरी र जनताबीच सम्बन्ध सुधार्न मद्दत पु¥याउनेछ ।’’

स्वास्थ्य शिविरमा  फिजिसियन डा. रविशंकर साह, स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. लक्ष्मी थापा, हाडहोर्नी विशेषज्ञ डा. अरविन्द साह, ,नेत्र अधिकृत महेशसिंह धामीसहितका सशस्त्र प्रहरीका स्वास्थ्यकर्मीले विभिन्न खालको स्वास्थ्य सेवा उपलब्ध गराएका थिए ।


स्वास्थ्य शिविर कार्यक्रमका संयोजक दिलिपराज कार्कीले सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गर्ने मात्रै नभएर जनतालाई स्वास्थ्य शिविर गरेर उदाहरणीय कार्य गरेको बताए ।


‘‘सशस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई मात्रै गर्दैन । जनताको स्वास्थ्यप्रति पति सचेत रहेको देखाएको छ,’ उनले भने ‘‘यस्ता खालका स्वास्थ्य शिविर निरन्तर रुपमा गर्न जरुरी हुन्छ ।

 

’ पकहाँ मैनपुर गाउँपालिका अध्यक्ष सुरेशप्रसाद मेहताले स्वास्थ्य शिविरबाट  जनताले घरदैलोमा स्वास्थ्य सेवा पाएको बताए । सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक किशोर लम्साल,पकहाँ मैनपुर गाउँपालिकाका उपाध्यक्ष सरफुन नेशा लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.