logo

बाक्लो हुस्सु र शितलहर बढेपछि बीरगंज र जीतपुरका बिद्यालयमा बिदा

 इसीमाना सम्वाददाता     २०८१ पौष २३ गते ०६: १३ मा प्रकाशित     348   पटक पढिएको

बीरगंज । बर्षे बिदाबाट कट्टा हुनेगरि बीरगंज महानगरपालिका र जीतपुर सीमरा उपमहानगरपालिकाले बिद्यालयहरुमा बिदा दिएका छन । 


वीरगन्ज महानगरपालिकाले बढ्दै गएको चिसोका कारण विद्यालयहरुमा तीन दिनका लागि जाडो विदा दिन सूचना जारी गरेको छ ।  ।

मंगलबार सूचना जारी गर्दै महानगरपालिकाले विद्यार्थीहरूको स्वास्थ्यमा चिसोका कारण पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै पुस २४ गते देखि पुस २६ गतेसम्म विद्यालयहरुमा विदा दिन सूचना जारी गरेको छ । 

विद्यार्थीहरूलाई गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण बनाउन पनि विद्यालयहरूलाई निर्देशन दिइएको छ । जाडो विदा वर्षे विदाबाट कटौती गरिने भएकाले पठनपाठनको कार्यतालिका नियमित गर्न विद्यालयहरूले यसलाई सकारात्मक रुपमा लिन महानगरपालिकाले आग्रह गरेको छ ।

महानगरपालिकाका शिक्षा अधिकृत हरि राउतद्वारा जारी सूचनामा विद्यालयहरूको प्रशासनिक कार्य नियमित रुपमा सञ्चालन गर्न भनिएको छ ।

बाक्लो हुस्सु र शितलहर बढेपछि जीतपुरसिमरा उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको छ । चिसो अत्यधिक बढेपछि उपमहानगर अन्तर्गतका विद्यालयमा उपमहानगरपालिकाले पुष २४ र २५ गतेका लागि बिदा दिएको हो ।

शिक्षा अधिकृत हरिशप्रसाद भट्टले सूचना जारी गरेर चिसोका कारण विद्यार्थीको स्वास्थ्यमा पर्ने प्रतिकूल प्रभावलाई ध्यानमा राख्दै विद्यालयमा विदा दिएको जनाएका छन् । भट्टका अनुसार वर्षे बिदाबाट कट्टा हुने गरी बिदा दिइएको हो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.