logo

वीरगञ्ज कपडा बैङ्कलाई लायन्स क्लबको सहयोग

 इसीमाना सम्वाददाता     २०८१ पौष २८ गते ०८: ४३ मा प्रकाशित     348   पटक पढिएको

वीरगञ्ज । लायन्स क्लब अफ वीरगञ्ज सेस्मी एकेडेमी, विजयपथ र ग्रीन क्याम्पसले आइतबार वीरगञ्ज कपडा बैङ्कलाई कपडा सहयोग गरेको छ ।

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एसका रिजन चेयरपर्सन लायन विजय कुशवाहा, डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादव, जोन चेयरपर्सन लायन सल्मा खातुन, एरिया चिफ लायन श्याम गुप्ता, लायन विनित जयसवाल, लायन उमेश साह कानुले कपडा बैङ्कको कार्यालयमै पुगेर २ बोरा र १ झोला कपडाहरु बैङ्कका अध्यक्ष लालबाबु सिंहलाइ हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा वीरगञ्ज कपडा बैङ्कका सचिव कन्हैया पटेल, सदस्य अभिलाश गुप्ता र कर्मचारी शोभा देवि लगायतको सहभागीता रहेको थियो ।

जोन चेयरपर्सन लायन सलमा खातुनले वीरगञ्ज कपडा बैङ्कले विगत लामो समय देखि दिन दुःखी असहाय, आगलागी तथा बाढी पीडितहरुको घरदैलोमा पुगेर गरिरहेको निस्वार्थ सेवा भाव प्रती कृतज्ञता ज्ञापन गरिन् ।

उनले भनिन्, ‘हामी कपडा बैङ्कको कामदेखि असाध्यै खुशी छौ र अहिले चिसोको समयमा बिपन्न असहायहरुलाई न्यानो कपडाको  आवश्यक्ता पर्ने हुँदा त्यही अवस्थालाई लक्षित गरेर हामीले केही कपडा सहयोग गरेका हौँ ।

 

’वीरगञ्ज कपडा बैङ्कलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउँदै उनले अरुलाई पनि सकेसम्म सहयोग गर्न अपिल गरिन् । 

सेस्मी स्कुलकी प्रिन्सीपल समेत रहेकी लायन आश्मा सिंह यादवका अनुसार दिन दुःखी असहायको सेवा गर्नु नै मानवता हो । यही मन्त्रमा आधारित रहेर लायन्स क्लबले पनि विभिन्न सामाजिक कार्य गर्दै आएको उनले बताइन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.