logo

लायन्स क्लब ईन्टरनेशनलका संस्थापक जोन्सको  जन्मजयन्तीका अवसरमा कार्यक्रम सम्पन्न

 इसीमाना सम्वाददाता     २०८१ पौष २९ गते ०८: ५६ मा प्रकाशित     432   पटक पढिएको

वीरगञ्ज । लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा सोमवार वीरगंज एरियामा रहेका लायन्स क्लबहरुले मेल्भिन जोन्स डे मनाएका छन् ।


मेल्भिन जोन्सको १४६ औं जन्म दिवसको अवसरमा लायन्स क्लब अफ वीरगंजले आयोजना गरेको जन्म दिवस कार्यक्रम लायन्स क्लब इन्टरनेशनलका पाष्ट इन्टरनेशनल डाइरेक्टर लायन संजय खेतानको प्रमुख आतिथ्यतामा भएको थियो ।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब अफ वीरगंजका अध्यक्ष लायन सुनिल गुप्ताले गर्नु भएको थियो ।


कार्यक्रमलाई लायन्स क्लब इन्टरनेशनलका मल्टिपल डिष्ट्रिक्ट कोर्डिनेटर लायन डा। रमेश अग्रवाल, डिष्ट्रिक्ट ३२५ एसका निवर्तमान डिष्ट्रिक्ट गभर्नर लायन डि.एन. अग्रवाल, द्वितीय भाइस डिष्ट्रिक्ट गभर्नर लायन राम बिहारी पाण्डे, पुर्व डिष्ट्रिक्ट गभर्नर लायन आर. पी. खेतानले सम्बोधनगरेका थिए ।


कार्यक्रममा स्वागत मन्तव्य डिष्ट्रिक्ट डेपुटी चिफ लायन आश्मा सिंह यादवले गरेकी थिइन भने  कार्यक्रमको औचित्यबारे एरिया चिफ कोर्डिनेटर लायन श्याम गुप्ताले प्रकाश पारेका थिए।


सोही अवसरमा लायन्सका संस्थापक मेल्भिन जोन्सको जीवनी र योगदान बारे समेत चर्चा गरिएको थियो ।
कार्यक्रममा विभिन्न लायन्स क्लब र लिडरहरुलाई पिन तथा अवार्डबाट सम्मानित गरिएको थियो ।


कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट एक्ज्युकेटिभ चिफ लायन संदिप केडिया, लायन बासु तिमिल्सिना, लायन अनुज रूङ्गटा, डिष्ट्रिक्ट को चिफ एडभाइजर लायन मनोहर टिबडेवाल, डिष्ट्रिक्ट चिफ लायन उमेश साह कानु, लायन विजय गुप्ता, लायन उमेश शर्मा, एरिया ट्रेजर लायन बिनित जैसवाल, रिजन चेयरपर्सन लायन विजय कुशवाहा, जोन चेयरपर्सन लायन सल्मा खातुन, लायन सन्दिप साह कानु, डिष्ट्रिक्ट कोर्डिनेटर लायन किरण अग्रवाल, लायन मिनादेवी टिबडेवाल, लायन भानुभक्त अधिकारी, लायन लक्ष्मी थापा, लायन सुशिला साह, लायन देबयन्ती साह, लायन कविता खड्का, लायन रोशन गुप्ता, लायन नरोत्तम पाण्डे लगायत लायन्स क्लबका अन्य पदाधिकारी र सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो ।


सोही अवसरमा लायन्स क्लब इन्टरनेशनलका संस्थापक मेल्भिन जोन्सको जन्म दिवसको अवसरमा केक काटेर सप्ताह ब्यापी कार्यक्रम समापन गरिएको थियोे ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ वीरगञ्जका दिलीपकुमार पण्डितले गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.