logo

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा ब्यवस्थापकीय प्रदर्शनी समपन्न

      3/8/2021 गते 00 00 मा प्रकाशित     901   पटक पढिएको

मध्य तराईमा पहिलो पटक व्यवस्थापक शंकाय कलेजमा शैक्षिक प्रदर्शनी समपन्न भएको छ । 
वीरगंजको ग्लोबल विजनेश कलेजको आयोजनामा आयोजित वृहत व्यवस्थापन शंकाय विषयवस्तु शैक्षिक प्रदर्शनी समपन्न भएको हो । 
११ र १२ कक्षाका विद्यार्थीहरुको सहभागितामा विभिन्न विषय वस्तु समावेश गरी प्रदर्शनी गरिएको थियो । 

 


व्यवस्थापन भन्नाले लिने र दिने मात्र नभई यसभित्र थुप्रै विषयवस्तु भएकाले सहभागि विद्यार्थीहरुले शैक्षिक संस्था व्यवस्थीत, औधोगिक क्षेत्रमा प्रशोधन केन्द्र, कम्पनीमा ट्रायल व्यालेन्स र समाजमा रहेको सांस्कृतिक पर्व छठ, ईदुल फ्रित्र, माघी लगायत विभिन्न बैंकहरुले प्रदान गर्ने कर्जा त्यसका सहुलियतको बारेमा प्रदर्शनीमा देखाइएको थियो । 


प्रदर्शनी अवलोकन गर्न आउनु भएका नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का उपाध्यक्ष केसी लामिछानेले कमर्स क्याम्पसमा प्रदर्शनी हुनु आफैमा फरक विषय रहेको बताउनु भयो  ।

 

औधोगिक तथा व्यापारीक शहरमा थुप्रै उधोगहरु छन् जहाँ एउटापनी उधोगले वाटर ट्रिटमेन्ट प्लान्ट लगाएका छैनन् तर यहाँका विद्यार्थीहरुले त्यसको आवश्यक्ता बुझेर प्रदर्शनीमा राखेको उहाँले बताउनु भयो । प्रदर्शनीमा ब्यवस्थापन कला सीम र क्षमता देखिएको उहााले बताउनु भयो । कलेजको यस्तो प्रयासको प्रंशसा समेत गनुृ भयो । 


यी र यस्ता थुप्रै विषय वस्तुले विद्यार्थीहरुको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने उहाँको विश्वास थियो । 


कार्यक्रममा सहभागि नेकपा प्रचण्ड माधव समुहका नगर अध्यक्ष रहबर अंसारीले व्यवस्थापन  शंकायका विद्यार्थीले जागिर खान जादाँ के कस्ता अफ्ठयाराहरु हुने र त्यसलाई कसरी फेस गर्ने भन्ने विषय वस्तु यहाँ प्रदर्शन गरिएकाले व्यवस्थापन संकायको एक फडको रहेको उहाँको भनाई थियो । 

 


किताबी ज्ञान भन्दा बाहिरको ज्ञान कुनैपनी शैक्षिक संस्थामा अति आवश्यक भएकाले कलेजको अतिरिक्त कार्यक्रम अन्तर्गत शैक्षिक प्रदर्शनी गरिएको कलेजका प्रधानाध्यापक श्रीराम दासले बताउनु भयो  । 


बदलिदो परिवेशमा व्यवहारिक शिक्षाले नै विद्यार्थीहरुलाई दक्ष र सिपमुलक बनाई तुरुन्त समाजमा जिवन यापन गर्नको लागी यस्ता कार्यक्रमले सक्षम बनाउने कलेजका संचालक ओम प्रकाश श्रेष्ठले बताउनु भयो  ।

 

यसैगरी अर्का संचालक अशोक सरार्फले अबको शिक्षा किताब भन्दा बाहिर आउनुपर्ने बताउनु भयो  । 
कार्यक्रममा कुमारी बैंका प्रदेश प्रमुख राजेश साह, ओम ईन्टरनेशन कलेजका प्रध्यापक लालबाबु यादव तथा उमेश चौरसिया, प्रध्यापक संतोष कर्ण, पिरामिड एकेडेमीका प्रध्यापक संजय सिंह, युवा समाजसेवी ओम प्रकाश सरार्फ, दिलिप राज कार्की, महेश सिंह धामी,  लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.