logo

कोरोना संकट व्यवस्थापनको रकम नपाएपछि जिल्ला संकट व्यवस्थापन केन्द्रमा मेयर सरावगीको असन्तुष्टी

      3/23/2021 गते 00 00 मा प्रकाशित     814   पटक पढिएको

स्वास्थ्यकर्मी र सहयोगी कर्मचारीलाई क्वारेन्टिनमा राख्दा भएको खर्च ७२ लाख रुपैयाँ भूक्तानी गर्न नारायणी अस्पतालले चासो नदेखाएपछि डिसीएमसीको बैठकमा यो बिषयले प्रवेश पाएको छ । 

 


मंगलवार बीरगंजमा भएको बैठकमा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले नारायणी अस्पतालमा पैसा आइसक्दा समेत भूक्तानी नभएको भन्दै असन्तोष ब्यक्त गर्नु भयो ।

 

 कोरान संक्रमणको अवधी बीरगंज महानगरपालिकाको समन्वयमा होटेल कन्ट्री इन र टाउन हलमा चिकित्सक स्वास्थ्यकर्मीलाई क्वारेन्टिन गरिएको थियो । त्यो अवधीको खर्च ७२ लाख रुपैया बीरगंज महानगरपालिकाले भूक्तानी गरेको छ । 

 

महालेखा परीक्षकले त्यो रकम बेरुजु देखाएको भन्दै उहाँले अस्पतालमा रकम आइसकेपनि मेडिकल सुपरीटेण्डेण्टले नदिएकोमा असन्तुष्टि जनाउनुभएको हो ।

 

मेयर सरावगीले तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायसँगको समन्वयमा गतबर्षको चैत अन्तिम सातादेखि साउन १८ गतेसम्म स्वास्थ्यकर्मीलाई होटल क्वारेन्टिनमा राख्दा लागेको खर्च महानगरपालिकाले तिरेको बताउनु भयो ।

 

 मेयर सरावगीले बैठकमा अहिले सम्बन्धित निकायसँग समन्वय गरेर रकम दिलाउन मेडिकल सुपरिटेन्डेन्ट डा. संजय ठाकुरले पहल नगरेको भनेपछि बैठकमा चर्काचर्की नै भएको थियो ।  

 

डा. ठाकुरले माथिल्लो निकायले बीरगंज महानगरलाई भुक्तानी दिन कुनै निर्देशन नदिएकोले आफूले भूक्तानी दिन नसक्ने अडान लिनु भएको थियो ।

 

उहाँले  महानगरले रकम माग गरेको पत्रसमेत आफूले नपाएको भन्दै पत्र पाएमा माथिल्लो निकायमा पहल गर्ने बताउनु भयो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.