logo

समाजले ,पढनु पर्ने कुरामा छोरीलाई उत्प्रेरीत गर्न सकेनः मंत्री यादव 

      3/25/2021 गते 00 00 मा प्रकाशित     885   पटक पढिएको

प्रदेश २ का अर्थ राज्यमंत्री उषा यादवले छात्राहरुले बिद्यालय छाडने प्रवृतिलाई रोक्न अभिभावकको भूमिका महत्वपूर्ण हुने बताउनु भएको छ ।

शिक्षा पत्रकार सामाज र आसमान नेपालको संयुक्त आयोजनमा बीरगंजमा सम्पन्न बहिनी शिक्षाकोलागि दिदी कार्यक्रमको समिक्षा कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

 

उहाँले समाज र सरकार पनि बालिका शिक्षाकालागि अवरोधकको रुपमा रहेको बताउनु भयो । सरकारले बालिकाको सुरक्षा प्रत्याभूती गर्न सकेन उहाँले भन्नु भयो “समाजले पढनु पर्ने कुरामा छोरीलाई उत्प्रेरीत गर्न सकेन ” । मंत्री यादवले आजको दिनमा छोरीहरुले राम्रो पढेको र उनीहरुमा प्रतिस्पर्धात्मक क्षमता पनि पर्याप्त रहेको बताउनु भयो ।

 

उहाँले छोरीको प्रतिभालाई फूल्न दिन उचित वतावरण बनाउन अभिभावकलाई अपिल समेत गर्नु भयो । उहाँले परिर्वतन क्रमिक रुपमा भएको चर्चा गर्दै आज कतिपय बिदालयमा छात्राको संख्या छात्र अनुपातमा धेरै रहेको पाउन थालिएको बताउनु भयो । समाजमा छोरीका बिरुद्ध हुने हिंसाका घटनालाई समाज र प्रतिष्ठाको नाममा मिलाउने पुरानो चलन फेर्नु पर्ने र अपराधीलाई कानूनको दायरमा लैजाने कुरामा समाजिक अगुवाहरुले पहल लिनु पर्ने बेला आएको बताउनु भयो ।


कार्यक्रममा बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावागीले दिदी बहिनी शिक्षाले वालिकामा सवलीकरण बढेको र त्यसको लाभ समाजले लिएको बताउनु भयो । उहाँले छोरी शिक्षित र सशस्क्त हुदै जादा समाजमा अपराध पनि कम भएको उहाँले बताउनु भयो । छोरीमा प्रतिरक्षाको भावनमा बढेको र त्यो शिक्षाले सम्भव भएको उहाँले बताउनु भयो । 


शिक्षा पत्रकार समाजका केन्द्रीय अध्यक्ष प्रकाश सिलवालको अध्यक्षतामा भएको कार्यक्रममा आसमान नेपालका मुनीलाल बैठाले कार्यक्रमको उद्धेश्यमाथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा राम बहादुर चौधरी , नेपाल पत्रकार महासंघ पर्सार्का अध्यक्ष श्याम बन्जारा लगायतले मन्तब्य ब्यक्त गर्नु  भएको थियो कार्यक्रमको संचालन समाजका प्रदेश अध्यक्ष सुरेश यादवले गर्नु भएको थियो । 

कार्यक्रममा  बहिनी शिक्षा कार्यक्रमका दिदी र बहिनीले आफूले पाएको ज्ञान र सिपको बारेमा चर्चा गरेका थिए । उनीहरुले कार्यक्रमले आफूहरुमा आत्मबिश्वास पैदा गरेको समाजमा छोरीलाई पढाउनु पर्छ भन्ने मान्यतालाई जोड दिएको भन्दै कार्यक्रमको निरन्तरताकालागि अनुरोध गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.