logo

कावासोतीको थारु  सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै

 इसीमाना सम्वाददाता     २०८१ चैत ७ गते ०८: ३० मा प्रकाशित     977   पटक पढिएको
नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती–१५, मा रहेको थारू सङ्ग्रहालय पर्यटकीय केन्द्र बन्दै गएको छ ।
 
आदिवासी तथा थारू समुदायले प्रयोग गर्ने सामग्री तथा वेशभूषा अवलोकनका लागि यहाँ आन्तरिक तथा बाह्य पर्यटक आउने गरेको सङ्ग्रहालय व्यवस्थापन समितिका अध्यक्ष इनरप्रसाद महतोले बताए  ।  
 
अमलटारी घरबास नजिकै रहेको थारू सङ्ग्रहालयमा यहाँका थारू, बोटे, माझी, मुसहर समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका विभिन्न सामग्री तथा वेशभूषा झल्किने सामग्री राखिएका छन् ।
 
यी समुदायले विगतमा प्रयोग गरेको कतिपय सामग्री लोप भइसकेका छन् ।  त्यस्ता सामग्रीसमेत सङ्ग्रहालयमा राखिएका छन् । आदिवासी थारू जातिका कलासंस्कृति झल्कने वेशभूषा, गरगहना, उनीहरूले प्रयोग गर्ने विभिन्न कृषि उपकरण पनि  सङ्ग्रह गरिएका छन् ।
 
यस्तै, चाँदीका गहना, पैसा, काठका चप्पल, माटाका भाँडा, ढकिया, गुन्द्री, जोत्न र खन्नलाई प्रयोग गरिने औजारसहितका सामाग्री सङ्ग्र्रहालयमा रहेको अध्यक्ष महतोले बताउनुभयो । 
 
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रसमेत भएकाले  वन्यजन्तु अवलोकनका लागि आउने पर्यटक पनि सङ्ग्रहालय अवलोकनका लागि आउने गरेका छन् ।
 
थारू, माझी, मुसहर, बोटे समुदायको संस्कृति तथा परम्परा बुझ्न सङ्ग्रहालयले सहयोग पुग्ने हुँदा  रुचि हुनेहरू अवलोकनका लागि आउने गरेको समितिका अध्यक्ष महतोले बताए ।
 
“यहाँ आएपछि थारू समुदायका रहनसहन कस्तो हुन्छ, पहिरन के हुन्छन्, घरमा के कस्ता सामग्री हुन्छन्, सबै अवलोकन गर्न पाइन्छ, यस कारण पर्यटक यहाँ आउने क्रम बढेको छ”, उनले भने  । 
 
विसं २०६६ मा चन्दा सङ्कलन गरी स्थापना गरिएको सङ्ग्रहालय लामो समयसम्म ओझेलमा परेको थियो । यहाँ घरबास स्थापना भएपछि पर्यटकीय गतिविधिमा वृद्धि हुँदा आदिवासी थारू सङ्ग्रहालयमा अवलोकनमा सहयोग पुगेको छ ।
 
सुरुमा निःशुल्क प्रवेशको व्यवस्था थियो । पछिल्लो छ महिनादेखि स्वदेशी पर्यटकका लागि प्रतिव्यक्ति रु २५ र विदेशीका लागि प्रतिव्यक्ति रु १०० शुल्क लिने गरिएको छ । सङ्ग्रहालयको व्यवस्थापनका लागि  शुल्क लिने गरिएको समितिले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.