logo

वीरगंजमा ‘मधेश साहित्य महोत्सव’ आयोजना हुने

 इसीमाना सम्वाददाता     २०८१ चैत २० गते १४: ३७ मा प्रकाशित     477   पटक पढिएको

वीरगञ्ज । वीरगञ्जमा पहिलो पटक ‘मधेश साहित्य महोत्सव’ आयोजना हुने भएको छ । मधेशको सामाजिक, सांस्कृतिक र साहित्यिक उन्नयनलाई प्रवर्द्धन गर्ने उद्देश्यले चैत २२ र २३ गते यो महोत्सवको आयोजना गर्न लागिएको हो। नेपालका २२ वटा तराई  मधेशका जिल्लाहरूको कला, भाषा, संस्कृति र साहित्यलाई महोत्सवमा समेटिने आयोजकले बताएका छन  ।

महोत्सवबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक समितिका अध्यक्ष गणेश लाठले वीरगञ्जले सामाजिक सुधार र आन्दोलनहरूको अग्रणी भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे। प्रजातान्त्रिक आन्दोलनदेखि मधेश आन्दोलनसम्म, नागरिक अधिकारका आवाजहरूदेखि औद्योगिक एवं व्यापारिक विकाससम्म वीरगञ्जको विशेष योगदान रहेको उनको भनाइ थियो।

लाठले भने, “अब साहित्य र संस्कृतिको प्रवर्द्धन गर्दै नवीन विचारहरूको आदान(प्रदान गराउन तथा नवोदित प्रतिभाहरूलाई प्रोत्साहित गर्न यो महोत्सव महत्वपूर्ण हुने अपेक्षा गरिएको छ।”

 


साहित्य केवल शब्दहरूको संयोजन नभई समाजको ऐना भएको उल्लेख गर्दै आयोजकहरूले यस महोत्सवले नेपाली साहित्यको विविधता उजागर गर्ने, मधेशी समाजका मुद्दाहरू उठाउने र साहित्यिक पुनर्जागरण ल्याउने बताए। महोत्सवमा ख्यातिप्राप्त साहित्यकार, कलाकार, पत्रकार, युवा सर्जक एवं सामाजिक अभियन्ताहरूले आफ्ना विचार, अनुभूति र सिर्जनाहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

महोत्सवमा बहस, अन्तरक्रिया, कविता वाचन, साहित्यिक प्रस्तुति एवं सांस्कृतिक कार्यक्रमहरू समावेश गरिएका छन्, जसले मधेशको साहित्यिक परम्परालाई एकीकृत गर्ने लक्ष्य राखिएको छ। आयोजकहरूले भविष्यमा महोत्सवलाई अझ व्यापक बनाउने योजना रहेको जानकारी दिए।

महोत्सवलाई सफल बनाउन नागरिक समाज, सञ्चार माध्यम, स्थानीय निकाय, युवा स्वयंसेवक एवं विभिन्न संघ(संस्थाहरूले महत्वपूर्ण सहयोग प्रदान गरिरहेका छन्। वीरगञ्ज महानगरपालिका, मधेश विश्वविद्यालय, व्यापारिक प्रतिष्ठानहरू, वित्तीय एवं बीमा क्षेत्रका संस्थाहरू, शैक्षिक संघ(संस्थाहरू, कला तथा सांस्कृतिक निकायहरू, पत्रकार महासंघ एवं सञ्चारकर्मीहरू प्रति आयोजकहरूले विशेष आभार व्यक्त गरेका छन्।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.