logo

राष्ट्रीय परिचय पत्र बनाउन स्थानीय प्रशासनले गर्यो यस्तो प्रवन्ध ,जिल्लाका ४ ठाउँमा केन्द्र खुल्ने

 इसीमाना सम्वाददाता     २०८२ बैशाख १२ गते ०४: ३५ मा प्रकाशित     740   पटक पढिएको

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साले राष्ट्रिय परिचय पत्र बनाउनकालागि नयाँ केन्द्रहरु तोकेको छ ।


यही बैशाख १४ गते देखी लागू हुने गरि नयाँ  केन्द्रहरु तोकिएको हो । सेवाग्राहीको सहजतालाई ध्यानमा राखेर यस्तो ब्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

कार्यालयले १४ गते देखी रष्ट्रिय परिचय पत्र बनाउनकालागि तोकिएकै केन्द्रमा जान सेवग्राहीलाई अपिल समेत गरेको छ । 


जिल्ला प्रशासन कार्यालय पर्सामा राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीको चा अत्यधिक बढ्न थालेपछि नयाँ केन्द्रहरु तोकिएको हो । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी सुमन कुमार कार्कीले शुक्रवार एक सूचना जारी गर्दै केन्द्रहरुको बारेमा जानकारी दिएका हुन ।


जिल्ला प्रशासन कार्यालय पर्सामा बिन्दवासीनी गाउँपालिका, बहुदरमाई नगरपालिका, पर्सागढी नगरपालिका र सखुवा प्रसौनी नगरपालिकाका नागरिकको राष्ट्रिय परिचपत्र बनाउने काम हुनेछ ।


त्यसैगरि इलाका प्रशासन कार्यालय सुपौलीमा पटेर्वा सुगौली गाउँपालिका,ठोरी जिराभवानी र जगरनाथपुर गाउँपालिकाका सेवाग्राहीको राष्ट्रिय परिचयपत्र बनाउने गरि प्रवन्ध लिाइएको जिल्ला प्रशहासन कार्यालय पर्साले जनाएको छ ।

 त्यसैगरि पोखरिया नगरपालिकाको कार्यालयमा पोखरिया नगरपालिका, कालिकामाई गाउँपालिका, छिपरमाई गाउँपालिका, धोविनी गाउँपालिका र पकाहा मैनपुर गाउँपालिकाका सेवाग्राहीको परिचय पत्र बन्ने छ ।

 वीरगंज महानगरपालिकाका सबै वडाहरुका सेवाग्राहीहरुकालागि महानगर कार्यालयमै परिचय पत्र बनाउने ब्यवस्था मिलाइएको छ ।

May be an image of text

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.