logo

रिलिफको ३४ औं स्थापना दिवस, समाजको बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तित्व सम्मानीत

 इसीमाना सम्वाददाता     २०८२ बैशाख २९ गते ०७: ३२ मा प्रकाशित     996   पटक पढिएको

 वीरगञ्ज । रिलिफ सोसाइटी अफ कमर्सले आफ्नो ३४औं स्थापना दिवस तथा बुद्ध पूर्णिमा जयन्तीको अवसरमा बिभिन्न क्षेत्रमा योगदान दिने पाँच ब्यक्तिलाई सम्मान गरेको छ । 

सोमबार रिलिफ सोसाइटीको सभाकक्षमै भब्य आयोजना गरेर उनीहरुलाई सम्मान गरिएको हो । साहित्य क्षेत्रमा सिम्रौनगढको इतिहासका अध्यता जयकिशोर पाण्डे, चिकित्सा क्षेत्रमा योगदान दिएका डा. भरत गोइत, खेलकुद क्षेत्रमा भेट्रान्स सिटी क्लबका अध्यक्ष सविन बस्नेत, समाजसेवा क्षेत्रमा श्रीमती विद्या कुमारी सारावगी, अध्यक्ष उपकार सेवा नेपाल, महिला उद्यम क्षेत्रमा श्रीमती आरती सिंहलाई दोसल्ला ओढाई मायाको चिनो दिई सम्मान गरिएको थियोे।

 

रिलिफ सोसाइटी अफ कमर्स बिरगंजका अध्यक्ष योगेन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियोे।


अध्यक्ष यादवका अनुसार, प्रत्येक वर्ष समाजमा प्रेरणादायी कार्य गर्ने व्यक्तित्वहरूलाई सम्मान गर्दै आएको स्मरण गरे । उनले सम्मानको परम्परालाई निरन्तरता दिइदे आएको पनि बताए । 

रिलिफ सोसाइटी अफ कमर्सका पुर्व अध्यक्ष समाजसेवी एवं वरिष्ठ उधोगपति गणेश लाठले  अनुसार रिलिफ सोसाइटी समाज सेवाको लागि नै स्थापित भएको संस्था भएको बताए  । रिलिफ सोसाइटी  बुद्ध ज्यन्तीका दिन नै स्थापना भएको थियोे।

कार्यक्रममा वीरगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष हरि गौतमले सम्मानित व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरेका थिए ।


कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य अरविन्द कुमार सिंह , नेपाल पत्रकार महासंघ मधेस प्रदेशका अध्यक्ष श्याम बन्जारा, वरिष्ठ पत्रकार जगदीश प्रसाद शर्मा, वरिष्ठ अधिवक्ता बाल मुकुन्द खरेल, उद्योपति अशोक बैध, वीरगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष माधव राजपाल, निवर्तमान अध्यक्ष अनिल पटवारी लगायतकको उपस्थिति रहेको थियोे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.