logo

परवानीपुरमा सडक बिस्तारमा अवरोधको अभ्यास, प्रजिअलाई बुझाइयो ज्ञापन

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३ गते १२: ५६ मा प्रकाशित     885   पटक पढिएको

वीरगंज । वीरगञ्जको परवानीपुर चोकदेखि पश्चिम पटेलनगरसम्म सडक विस्तारको कामलाई लिएर महानगरपालिका वडा नम्बर २१ मा विवाद उत्पन्न भएको छ । 

महानगरपालिकाले सडक चौडा गर्ने कार्य सुरु गरेपछि स्थानीयले विरोध जनाउँदै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका छन् ।

 

सडक चौडा गर्दा पुरानो सडकबाट नपुग भएमा दुवैतर्फबाट बराबर जग्गा लिनुपर्नेमा त्यसो नगरी एकतर्फीरुपमा उत्तरतर्फका स्थानीयको जग्गामा मात्रै क्षति पुर्‍याएको अस्थानीयको आरोप छ ।

 

स्थानीयले महानगरपालिकाका प्रमुख राजेशमान सिंह र वडा नम्बर २१ का वडा अध्यक्ष राधा कृष्ण साह रौनियारले कुनै जानकारी र सूचनाबिना नगर प्रहरी र डोजर लिएर आई बलजफ्ती घर भत्काउन थालेको आरोप लगाएका छन् ।

 

 विरोध गर्न गएका स्थानीयलाई नगर प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा समेत थुनेको छ ।  स्थानीयले न्यूनतम मापदण्ड अनुसार सडक विस्तार गर्दा दुवैतर्फबाट सहमतिमा जग्गा लिएर काम गर्नुपर्ने माग गरेका छन् ।

 

 एकतर्फी दबाब र प्रभावमा परी गरिएको सडक विस्तारको काम न्यायोचित नभएको उनीहरुको ठहर छ । ज्ञापनपत्रमा ,माग सुनुवाई नभएमा उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं महानगरपालिका प्रमुख र वडा अध्यक्ष हुने चेतावनी दिइएको छ ।

 

 स्थानीयले तत्काल नापजाँच र सहमतिबिना भइरहेको सडक निर्माण कार्य रोक्न माग गरेका छन् । वीरगन्ज महानगरपालिका वडा नम्बर २१ मा सडक विस्तारका लागि वर्षादेखिको अतिक्रमण हटाइएको छ । परवानीपुर चोकदेखि पश्चिम पटेलनगरसम्मको सडकको अतिक्रमण शुक्रबार हटाइएको हो ।

 

उक्त सडकको विस्तार र स्तरोन्नत्तीका लागि पप्पु स्वच्छन्द ज्वाइन्ट भेन्चरले ठेक्का सकारेर काम सुरु गरेका थिए । तर केही व्याक्तिले सडकमा गरेको अतिक्रमण नहटाएका कारण उक्त सडकको विस्तार कार्य बीचमै रोकिएको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.