logo

तस्कर र तस्करी बारामा “सिफ्ट” युनिट कमाण्डर पनि बाँकी रहेनन

 इसीमाना सम्वाददाता     २०८२ जेठ १० गते ०८: ०९ मा प्रकाशित     1477   पटक पढिएको


कलैया। बारा प्रहरी प्रमुख सन्तोष तामाङ आदर्श र इमान्दारीको राग अलाप्न निकै माहिर छन ।

 

उनी इमान्दारीता र ब्यवसायीक निष्ठाको पक्षमा जती तर्कशिल भएर प्रस्तुत हुन्छन ब्यवहारमा त्यसको ठयाक्कै उल्टो भएको कुरा बारामा बढ्दै गएको अनधिकृत कारोवारले छर्लङ्ग पारेको छ । 


तमाङ्ग प्रहरी प्रमुखको रुपमा बाराको नेतृत्वमा आएपछि  वीरगंजलाई आधार बनाएर तस्करी गरिरहेका तस्करहरु बारामा “सिफ्ट” भएका छन ।

 

तस्करीकालागि सहज बनेको बारामा, बारा प्रहरी प्रमुखले प्रहरीका युनिटमा खटाइने कमाण्डरसंग बाट पनि नाजाज फाइदा लिने गरेको तथ्य सार्वजनीक भएको छ । स्रोतका अनुसार युनिट प्रमुखहरुले एसपी तमाङ्गलाई मासिक रुपमा नजराना बुझाउनु पर्ने अवस्था छ । 

यसरी खटाइएका युनिट प्रमुखरुको तीन महिना अवधि तोकिएको हुन्छ । जुन यनिट प्रमुख प्रहरी उपरिक्षक तमाङ्गको सेवा सत्कारमा अब्बल  ठहर हुन्छन उनको अवधि थप गरिने आश्वासन उनैले दिएर युनिट प्रमुखहरुलाई “मोटिभेट”समेत गर्ने गर्दछन ।

 

यो त प्रहरी भित्रको कुरा भयो जसले तस्करी गर्छ त्यस्ता तस्करहरुले पनि महिनावारी रुपमा एसपी तमाङ्गलाई नजराना बुझाउने गरेका छन । तमाङ्गको असुलीतन्त्रलाई अहिले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल ब्यवस्थापन गर्ने जिम्मा पाएका छन ।

 

उनी सुन तस्करी गरेको अभियोगमा प्रहरी सेवाबाटै बर्सास्त समेत भएका ब्यक्ति हुन । एसपी तमाङ्ग र नेपाल झापाका त्यो पनि छिमेकी नै हुन ।

 

पहिले देखिनै उनीहरुका वीचमा राम्रो तालमेल मिल्दै आएको स्रोतले जनायो । नेपालको असुली धन्दामा असई बलबहादुर तामाङलाई पनि समावेश गराइएको छ । 


वीरगंज भएर भारत तर्फ हुने कवाडीको तस्करी अहिले बाराबाट हुन थालेको छ  । तस्करसँग सेटिङ मिलेपछि सीमा क्षेत्रमा सशस्त्र र नेपाल प्रहरीको  टोलीले तस्करी नियन्त्रणमा आँखा चिम्लिदिँदा बारा अहिले तस्करकालागि सुरक्षीत बनेको छ । 

बाराको कचोरवा, सिमरौनगढ, बेलदारी, कबही, मटिअर्वा, छतवा, गण्डक नाकाबाट तस्करीको कारोवार निर्वाध रुपमा भइरहेको स्रोतको दावी छ ।

 

यी नाकाबाट प्याज, आलु, कपडा, मोटरपार्टस्, लताकपडा, किराना सामान, पान मसाला, सुर्तीजन्य पदार्थ रजनीगन्धा, गुटखा भन्सार राजस्व छली गरी भित्रिन्छ। वारिबाट मदिरा, चिनियाँ स्याउ, मटर, ग्याँस लाइटर, गाँजा पारि पु¥याइन्छ।


बारामा प्रहरीले आफनो नागरिक साझेदारी कार्यक्रम अन्तर्गतका सार्वजनीक सुनवाई जस्ता कार्यक्रमहरु जिल्लाको उत्तरी भेगमा आयोजना गर्छ ।

 

महेन्द्रराजमार्ग आसापासमा अनधिकृत कारोवारका केही सामान समातेर भन्सार बुझाएको पनि देखाउछ तर बाराको  दक्षीण भेग जसको सीमा भारतसंग जोडिएको छ त्यता प्रहरीको यो भूमिका नगन्य मात्रामा रहेको पाइन्छ । यस बिषयमा एसपी तमाङ्गसंग प्रतिक्रिया लिन मोवाइल सम्पर्क गर्ने प्रयास गर्दा सम्र्पक हुन सकेन ।

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.