logo

मधेशका संचारमन्त्री लेखीको मनपरीतन्त्रले पार्टी नै आजीत, सरकारबाट फिर्ता बोलाउने चेतावनी

 इसीमाना सम्वाददाता     २०८२ जेठ १६ गते ०४: ५९ मा प्रकाशित     1983   पटक पढिएको

वीरगंज । मधेश सरकारमा नेकपा एमालेबाट प्रतिनिधित्व गर्ने गृह कानून तथा संचारमन्त्री राजकुमार लेखी पार्टी भित्रै निकै आलोचित बन्न पुगेका छन । उनको कार्यसम्पादन शैली प्रति पार्टी नेताहरुले गम्भिर आलोचना गरेका छन । पार्टीको अस्तित्वलाई अस्वीकार गर्दै एक पछि अर्को काम गरेपछि लेख पार्टीको “रडार”मा परेका हुन ।

 

पार्टीको मधेश प्रदेश कमिटीले गत १० गते बर्दिवासमा राखेको बिस्तारित बैठकमा मन्त्री लेखी प्रश्नको घेरामा परेका हुन । लेखीले सरकारमा बसेर सम्पादन गर्नु पर्ने काममा मनपरी गरेको भन्दै उनको नेताहरुले तिब्र आलोचना गरेका थिए । बिशेष गरि मधेश मिडिया काउन्सिलको अध्यक्ष नियुक्तिको बिषयलाई लिएर मन्त्री लेखीको आलोचना भएको पार्टीका एक तेताले बताएका छन ।

 

बैठकमा लेखिले कान्सिलको अध्यक्षको नियुक्तको बिषयमा बिभिन्न नेताले सिफारिश गरेको भन्दै केही नेताको नाम लिएर थिए । त्यस मध्य एक नेतृ थिइन ज्वाला साह । ज्वाला साहले लेखीको तत्कालै प्रतिवाद गरेकी थिइन । उनको प्रतिवाद पछि लेखीले आफनो भनाई सच्याएका थिए ।

 

 लेखीले पत्रकारका नेताहरुसंग कुरा पर्सा देखी सप्तरी सम्मका ९० प्रतिशत नेताले काउन्सिलको अध्यक्षमा कमल उपाध्यायको सिफारिश गरेको बिभिन्न भेटका अवसरमा बताउदै आएका थिए । तर बर्दिवासको बैठकमा उनैले पार्टीका नेता अच्यूत मैनाली, निर्मला देवकोटा, प्रभूहजराले सिफारिश गरेको बताए ।

 

उनले पार्टीका मधेश प्रदेश इन्चार्ज लिलानाथ श्रेष्ठ, पार्टीको मधेश प्रदेश कमिटीलाई नियुक्तिको बारेमा कुनै जानकारी नदिएको बैठकमा सभहभागि एक नेताले बताए । पार्टीको संसदीयलका नेता भौताी तथा पूर्वाधार मन्त्री सरोज यादव समेत मन्त्री लेखीको कार्यशैलीबाट नाखुश छन ।

 

 लेखीले उपाध्यायलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको भोलीपल्टै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनका बिरुद्ध बिशेष अदालतमा उजुरी दर्ता गरेको थियो । उजुरी दर्ता भएपछि पदाधिकारी स्वतः निलम्बन हुने प्रवन्धका कारण उपाध्याय अहिले निलम्वित अवस्थामा छन ।

 

मन्त्री लेखीले पार्टीको संस्थागत निर्णय नपर्खिनु, पार्टीको संसदीय दलको नेता तथा अन्य जिम्मेवार नेताहरुसंग छलफल परामर्श नगरि नियुक्ती गरेको बिषयलाई पार्टीले गम्भिरता पूर्वक लिएको छ । पार्टीले प्रष्ट शब्दमा लेखीलाई बजेट सम्म मन्त्री पदमा बहार राख्ने त्यसपछि फिर्ता बोलाउने गरि बैठकमा छलफल गरेको बैठकमा सहभागि एक नेताले बताएका छन ।

 

उपाध्यायको नियुक्तिमा मन्त्रीले आर्थिक नजराना लिएको बिषय बर्दिवास बैठकमा समेत उठेको थियो । प्रेस चौतारी नेपालका नेताहरुले मन्त्री लेखीलाई हाकाहाकी पैसा लिएर नियुक्ति गरेको बिषय उठेको भन्दै उनको खरो आलोचना गरेका थिए । मन्त्री लेखीले २२ लाख रुपैया लिएर नियुक्ति गरेको हल्ला भने ब्यापक नै छ ।

 

मन्त्री लेखी बिवादमा आएपछि मिडिया काउन्सिलको बोर्डको नियुक्ति रोकिएको छ । पार्टीका मधेश प्रदेश इन्चार्ज र संसदीय दलका नेता सरोज यादवले मिडिया काउन्सिलको पूनः आवश्यकता सम्बन्धी सूचना प्रकाशन गर्ने बिषयमा मन्त्री लेखीलाई निर्देशन दिएको स्रोतले जनाएको छ । 

 

पत्रकारका नेताहरुलाई पनि गरे अपमान 


गणतन्त्र दिवसका अवसरमा लेखीले नेतृत्व गरेको मन्त्रालयको तर्फबाट सम्मान कार्यक्रमको आयोजना गरियो । नेपाल पत्रकार महासंघले बिभिन्न समयमा प्रेस स्वतन्त्रता सेनानी सम्मानबाट सम्मान गरिएका मधेश प्रदेशका बरिष्ठ पत्रकारहरुलाई सम्मान सहित केही नगद पनि दिने गरि कार्यक्रमको आयोजना गरिएको थियो । मन्त्री  लेखीले आफैले समेत निम्ता बाँडेका थिए तर स्वतन्त्रता सेनानी सम्मान बाट सम्मानीत केही पत्रकारहरुले सूचना नापाएको गुनासो गरेका छन ।

 

पत्रकार महासंघका केही नेताहरुले सामाजिक संजाल मार्फत संचार मन्त्री तथा मन्त्रालयले पूर्वाग्राही भएर काम गरेको आरोप समेत लगाएका छन । प्रदेश सरकारका तर्फबाट निम्ता पाएर कार्यक्रममा पुगेका नेपाल पत्रकार महासंघका नेताहरुले भने अपमानीत हुनु परेको महशुस गरेका छन ।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्यहरु राजेश कर्ण,राजु बिश्वकर्मा, भरत जर्घामगर,राजकरण महतो नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा ,उपाध्यक्ष ज्योती झा,महासचिव शैलेन्द्र क्रान्ति बिभिन्न जिल्ला शाखाका अध्यक्षहरु कार्यक्रममा पुगेका थिए ।

 

तर मन्त्री लेखीको संयोजनमा भएको कार्यक्रममा पत्रकार महासंघका नेताहरुलाई अतिथि समेत बनाइएन भने प्रतिनिधिमिुलक एउटा मन्तब्य समेत राख्ने अवसर दिइएन । मन्त्री लेखीको यस्तो रबैयाप्रति असहमती जनाउदै पत्रकारहरुले  मुख्यमन्त्री सतिश कुमार सिंहसंग गुनासो गरेका थिए । मुख्मन्त्री सिंहले कमजोरी भएको स्वीकार गर्दै पत्रकारहरुसंग दुःख मनाउ गरेको स्रोतले जनाएको छ । 


मधेश प्रदेश सरकारमा नेकपा एमालेका तर्फबाट चार जना मन्त्री सहभागि छन । तीन जना एमालेमा भित्रिएका “आइतेहरु” मन्त्री बनेका छन । जसले नेकपा एमालेको कार्यशैलीलाई आत्मसाथ गर्न नसकेको टिप्पणी भइरहेको छ । स्वास्थ्मन्त्री रहेका शत्रुघ्न यादव, खेलकुद मन्त्री प्रमोद जयसवाल र संचारमन्त्री लेखी तीनै जना मधेशवादी दलबाट एमालेमा प्रवेश गरेका हुन ।

 

  एमाले र त्यसका अध्यक्ष के.पी.ओलीलाई सत्तोसराप गरेको उनीहरुको इतिहास रहेको छ तिनै ब्यक्तिहरु अहिले मधेश प्रदेश सरकारमा रहेका छन । उनीहरु आफनै पारामा चल्ने गरेको अनुभव एमाले नेताहरुले ब्यक्त गर्ने गरेका छन । संसदीय दलका नेता भौतिक पूर्वाधार मन्त्री सरोज यादवमात्र मौलीक “कोर” एमाले एक जना छन । स्रोत भन्छ मन्त्रीहरुको पारा देखेर उनी पनि आजित छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.