logo

निषेधाज्ञा नमान्नेलाई पाँच लाख रुपैया  सम्म जरिवाना हुने, मास्क नलगाई हिडेमा प्रत्येक पटक १ सय जरिवानाको ब्यवस्था

      5/22/2021 गते 00 00 मा प्रकाशित     772   पटक पढिएको

सरकारले कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ जारि गरेको छ । कोरोना भाइरस नियन्त्रण , रोकथाम तथा उपचार कार्य एकत्रित र ब्यबस्थित रुपमा संचालन गर्ने लक्ष्य सहित सरकारले अध्यादेश ल्याएको जनाएको छ  ।

 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हालको कानुनले कोरोना संक्रमण तथा रोकथाम गर्न कठिन भएकोले थप कानुन निर्माणको लागि कानुनी मन्त्रालय र सम्बद्ध निकायलाई निर्देशन दिएको थियो ।

 

अहिलेको संक्रमण बिरुद्द लड्न थप केहि कानुनि संरचना आवश्यक भएकोले र संक्रामक रोग ऐन २०२० को प्रावधानले मात्र नपुग्ने भएपछि सरकारले अध्यादेश ल्याएको हो ।

अध्यादेशमा कोरोना नियन्त्रण तथा रोकथामको लागि जारि गरिएका आदेश नमान्नेलाई कडा जरिवानाको ब्यबस्था गरिएको छ । अध्यादेशको दफा १९,२०,२१ र २२ मा जरिवानाबारेको ब्यबस्था छ । जसमा अध्यादेशमा उल्लेख कुनै काम गर्न बाधा पुर्याउनेलाई १ वर्ष कैद वा ५ लाख जरिवाना वा दुवै हुने उल्लेख छ । अध्यादेश बमोजिम जारी मापदण्ड पालना नगर्नेलाई ६ महिना कैद वा ३ लाख जरिवाना वा दुवै हुन सक्ने उल्लेख छ  ।

अध्यादेश बमोजिमको आदेश उल्लघन गर्ने व्यक्तिलाई प्रमुख जिल्ला अधिकारीले १ लाख जरिवाना र संस्थालाई ५ लाख जरिवाना गर्न सक्ने उल्लेख छ । मास्क नलगाई हिडेमा प्रत्येक पटक १ सय जरिवाना गरिने भएको छ । त्यस्तै नियन्त्रण गरिएको स्थानमा आवतजावत गरेमा हरेक पटक २ सय जरिवाना गरिने अध्यादेशले ब्यबस्था गरेको छ ।

 

सवारीसाधन निषेध गरिएको अवस्थामा अनुमति नलिई सवारी चलाएमा दुई पांग्रेलाई हरेक पटक २ हजार र अन्य सवारीलाई हरेक पटक ५ हजार जरिवाना हुने छ । सवारीसाधन नियन्त्रणमा लिन सकिने ब्यबस्था पनि अध्यादेशले गरेको छ । बिरामी बोकेकोलाई भने जरिवाना पर्ने छैन । अध्यादेश बमोजिम जारि भएको आदेश उल्लघन गर्ने संस्थालाई ६ महिना बन्द गर्न सक्ने पनि अध्यादेशमा उल्लेख छ  । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.