logo

प्रमाणपत्र मात्र सफलता प्राप्त गर्न पर्याप्त हुदैनः पूर्वराज्यमन्त्री अन्सारी

 इसीमाना सम्वाददाता     २०८२ जेठ ३१ गते ०५: २६ मा प्रकाशित     2178   पटक पढिएको

वीरगञ्ज । सफलताको लागि किताबी ज्ञान मात्र पर्याप्त नहुने भन्दै व्यवहारिक ज्ञान र व्यक्तित्व विकासका सीपहरू आवश्यक हुनेमा वक्ताहरूले जोड दिएका छन्।

 

वीरगञ्ज कलेजले बीबीएस प्रथम वर्षका विद्यार्थीका लागि आयोजना गरेको  “सञ्चार, आत्मविश्वास र सहकार्य”  सम्बन्धी “सफ्ट स्कील” तालिमको उद्घाटन कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन्।

May be an image of 7 people and text that says 'BIRGUNJ COLLEGE Shreepu Birguri "THE POWER OF SOFT SKILLS: Training COMMUNICATION, CONFIDENCE & COLLABORATION" AFFILIATED TO: BBS Year DATE:2082-02-31 2082-02-31 DATE: 51-534360 6-534360,+9779855012037 9855032037 0١- . am বুট'

होटल भिस्वामा आयोजित कार्यक्रममा बोल्दै मधेस प्रदेशका पूर्वराज्यमन्त्री तथा प्रदेशसभा सदस्य रहबर अन्सारीले प्रमाणपत्र मात्र सफलता प्राप्त गर्न पर्याप्त नहुने भन्दै व्यक्तिका व्यक्तिगत गुण, सामाजिक व्यवहार, सञ्चार क्षमता र सहकार्य गर्ने सीपहरू अनिवार्य हुने बताए।

 

कलेज सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीले व्यक्तिगत गुण, सञ्चार शैली र सहकार्य क्षमताको विकास युवाहरूका लागि दीर्घकालीन सफलता प्राप्त गर्ने माध्यम हुने उल्लेख गर्दै, यस्ता तालिमहरू व्यवहारिक जीवनमा अत्यन्त उपयोगी हुने बताए।

 

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक के.सी .लामिछानेले तालिममार्फत ज्ञान र सीप मात्र नभई सही सूचना प्राप्त गर्न पनि विद्यार्थी सक्षम बन्नुपर्ने बताए।

 

उनले सञ्चार सीपहरू विद्यार्थीको आत्मविश्वास बढाउने, स्पष्ट प्रस्तुति दिन सक्ने र निर्णय क्षमता विकास गर्ने उपाय भएको बताए। उनले संञ्चारसीप गुणात्मक बनाउकालागि सहि सूचनाको आवश्यकतामा जोड दिए । 

 

कार्यक्रममा वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, नेपाल पत्रकार महासंघ पर्साका अध्यक्ष ओमप्रकाश खनाल,  वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम, प्याब्सनका सल्लाहकार प्रकाश उपाध्याय लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमको स्वागत भाषण कलेजका प्रशासन प्रमुख सुरेश चौधरीले गरेका थिए भने कार्यक्रममा सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, कलेजका शिक्षक, विद्यार्थी र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.