logo

राष्ट्रिय युवा संघ नेपाल पर्साद्वारा वीरगञ्जका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण

      5/24/2021 गते 00 00 मा प्रकाशित     848   पटक पढिएको

राष्ट्रिय युवा संघ नेपाल पर्साले वीरगञ्जका ३ सय २६ परिवारलाई राहत सामाग्री वितरण गरेको छ । कोरोना नियन्त्रण गर्न सरकारले जारी गरेको निषेधाज्ञामा प्रभावित बनेका अति गरिब परिवारको लागि राष्ट्रिय युवा संघ नेपाल पसाले आज दोश्रो दिन पनि देखि राहत समाग्री बितरण गरेको छ ।

 

 निषेधाज्ञामा दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारका सदस्य कोइ पनि भौकै नसुतोस भन्ने उदेश्यले जिल्लाभरी राहत बितरण कार्यक्रम शुरु गरएिको संघका पर्सा अध्यक्ष महम्मद निजामले बताउँनु भयो ।

 

उहाले दैनिक ज्यालादारी, मजदुरी गर्ने अति बिपन्न र गरिव परिवारको लागि हेल्प डेस्क संनचाल गरेको बताउनुभयो । हेल्प डेस्कमा सम्र्पक गरेको व्यत्तिलाई युवा संघको टोलिले घरमै राहत पु¥याउने गरेको अध्यक्ष निजामले बताउँनु भयो ।

 

संघले सुरु गरेको राहत वितरण कार्यक्रममा सहयोगी दाताहरुको हात जुट्न थालेको बताउनुभयो । हिजो देखि सुरु भएको हेल्प डेस्कमा सन्तोष साह (नेबिल बैंक)  , मनिष सिंह (एनआई क्यामपस ) , छिपहरमाइ गा.पा प्रमुख मनोज गुप्ता ,साबिन बस्नेत , निसान्त लामीछाने ,डा. अनुज यादव , डा. कैशल ,आलोक चौरसीया ,सन्तेस पटेल ,रोशन श्रेष्ट ,रोशन गुप्ता ,मुकेश सिंह , गोविन्द ,वाड अध्यक्ष राजकिशोर गुप्ता ,अजित मिश्रा लगाएतका दाताहरुले सहयोग गरेका अध्यक्ष निजामले बताउँनु भयो ।

 

हेल्प डेस्कबाट वीरगन्जका विभिन्न ठाउमा ३ सय २६ जनालाइ राहत दिएको हेल्प डेस्कका सयोजक रवि गुप्ताले जानकारी दिनु भयो । गुप्ताले प्रति परिवारलाई १० के.जी, चामल  २ के.जी आलु, २ के.जी, प्याज १ के.जी दाल, नुन १ प्यकेट, तेल १ प्यकेट सहित राहत बितरण गरिएको जानकारी दिनुभयो ।

 

राहत बितरण कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रिय  सदस्य  रवि गुप्ता , चन्दन गुप्ता , नेपाल खेलकुद महासंघका केन्द्रिय सदस्य अकलेश साह , संघका सदस्यहरु राकेश साह, हेमन्त तामाङ ,प्रकाश रौनियार, दाउद हवारी, दिलिप रौनियार ,कुनान पटेल ,मुकेश साह र बिकाश साह लगायतको सक्रिय सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.