logo

वीरगञ्जको पानी संकटबारे  प्रदेशसभामा सांसद पटेलको आवाज  समस्याको  समाधानकालागि गरे अग्रह

 इसीमाना सम्वाददाता     २०८२ असार २६ गते ०४: ५३ मा प्रकाशित     944   पटक पढिएको

जनकपुरधाम । वीरगञ्जमा लामो समयदेखि जारी रहेको खानेपानी संकट अब एक स्थानीय समस्या मात्र रहेन, यो प्रदेशस्तरीय चिन्ताको विषय बनेको छ।

 

 मधेश प्रदेश सभा सदस्य श्याम पटेलले प्रदेश सरकारको ध्यान यतै केन्द्रित गराएका छन्। मातृभाषा भोजपुरीfमा बोल्दै उनले वीरगञ्ज महानगरका धेरै वडाहरूमा विकराल रूपमा देखिएको पानीको अभाव र जनजीवनमा परेको प्रत्यक्ष असरको विषयमा गम्भीर चिन्ता व्यक्त गरेका छन्।

 

सांसद पटेलको अभिव्यक्तिले यो समस्याको दीर्घकालीन असर र राज्यको बेवास्तालाई उजागर गर्छ। वीरगञ्ज जस्तो प्रमुख व्यापारिक तथा आर्थिक केन्द्रमा पानीको अभाव हुनु केवल व्यवस्थापकीय कमजोरी होइन, यो नागरिक अधिकारको उपेक्षा हो। सांसद पटेलले यसै कारण यो समस्यालाई मौलिक अधिकारको सन्दर्भमा उठाएका छन्।

 

उनले  तत्काल राहत र दीर्घकालीन समाधानको दिशामा अगाडि बढनुको बिकल्प नभएको बताएका छन। आजको दिनमा डिप बोरिङ जडान, ट्यांकरबाट आपूर्ति वा अस्थायी व्यवस्थाले काम चलाउन सकिएला, तर मूल समस्या भने पानीका स्रोत, पाइपलाइन संरचना, नगरजनसंख्याको अनुपातमा वितरण प्रणाली र अनुगमन प्रणालीको कमजोरीमा लुकेको छ।

 

विगत ३ वर्षदेखि गर्मी याममा पानीको चरम संकट देखा पर्दै आएको तथ्यले आफैंमा समस्याको गहिराइलाई देखाउँछ। यस्तो बेला सांसद पटेलले  प्रदेश सभामा उठाएको आवाजलाई   प्रदेश सरकारले समयमै सम्बोधन गरेन भने जनविश्वासमा गहिरो क्षति पुग्ने निश्चित छ।

 

सांसद पटेलले यस विषयमा सरकारको जवाफ माग गर्दै समस्या समाधानका लागि ठोस कदम चाल्न दबाब दिएका छन्। वीरगन्जमा खानेपानीको समस्या विगत लामो समयदेखि रहँदै आएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.