logo

मण्डलको अध्यक्षतामा एमाले मधेश प्रदेशमा सचिवालय गठन

 इसीमाना सम्वाददाता     २०८२ असार ३० गते ०३: ५४ मा प्रकाशित     914   पटक पढिएको

वीरगञ्ज, । नेकपा (एमाले) ले मधेश प्रदेश संगठनलाई थप प्रभावकारी, गतिशील र संस्थागत बनाउने उद्देश्यका साथ सचिवालय गठन गरेको छ। पार्टीको पछिल्लो सांगठनिक अभ्यास अनुसार मधेश प्रदेशको सचिवालय गठन गरेर त्यसको नेतृत्व प्रदेश अध्यक्ष चन्देश्वर मण्डललाई दिइएको छ।

पार्टीको प्रदेश सचिवालयमा संगठनात्मक अनुभव, राजनीतिक परिपक्वता र  प्रतिनिधित्वको सन्तुलन मिलाइएको देखिन्छ। सचिवालयमा पार्टीको प्रदेश कमिटीका पदाधिकारीहरू, विभिन्न जिल्लाबाट प्रतिनिधित्व गर्ने नेताहरू र विविध समुदायका प्रतिनिधिहरूलाई समेटिएको छ।

✳ सचिवालयका प्रमुख सदस्यहरू यसप्रकार छन्:

  • अध्यक्ष: चन्देश्वर मण्डल

  • उपाध्यक्ष: बिचारी यादव

  • सचिव: मनोज पौडेल

  • उपसचिवहरू: आरती भण्डारी, मोहम्मद कैश

✳ अन्य सदस्यहरू:

  • त्रिलोकी चौधरी (बारा)

  • जयप्रकाश थारु (पर्सा)

  • सुन्दर बिक (बारा)

  • शिवशंकर साह ‘हिरा’ (धनुषा)

  • केशव ढकाल (सर्लाही)

  • उत्तम गौतम (सप्तरी)

  • तारा (लामा) बस्नेत (धनुषा)

  • बिरबहादुर गोले (रौतहट)

  • शिवशंकर यादव (सिराहा)

सचिवालय गठनबारे जानकारी दिँदै प्रदेश सचिव मनोज पौडेलले भने, “सचिवालय निर्माण गर्नु कम्युनिष्ट पार्टीको सांगठनिक अभ्यास हो। यसले पार्टीको दैनन्दिन राजनीतिक, प्रशासनिक र सांगठनिक काम–कारबाही सञ्चालन गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ।”

उनका अनुसार पार्टीले प्रदेश सचिवालयमार्फत नीतिगत निर्णयहरू कार्यान्वयन, सांगठनिक समन्वय, जनसम्पर्क विस्तार, आन्दोलन परिचालन र कार्यकर्ता व्यवस्थापन लगायतका कार्यलाई नियमित र प्रभावकारी रूपमा अघि बढाउनेछ।

 

सचिवालय पार्टीको मस्तिष्क केन्द्रको रूपमा कार्य गर्छ। यसले प्रदेश कमिटीले लिएका नीतिगत निर्णयलाई कार्यान्वयन गर्न, आवश्यक रणनीति तय गर्न र विभिन्न संगठनबीच समन्वय गर्न भूमिका खेल्दछ। साथै, सचिवालय प्रदेशस्तरीय गतिविधिहरूको दैनिक सुपरिवेक्षण पनि गर्नेछ।

 

सचिवालय गठनको निर्णय हालै बर्दीवासमा सम्पन्न नेकपा एमाले मधेश प्रदेश कमिटीको चौथो पूर्ण बैठकबाट गरिएको हो। सो बैठकमा सांगठनिक सुदृढीकरण, आन्तरिक एकता र आगामी रणनीतिक कार्यक्रमहरूबारे पनि गम्भीर छलफल भएको थियो।

 

प्रदेश सचिवालय गठनसँगै नेकपा एमाले मधेश प्रदेशमा सांगठनिक ढाँचागत मजबुती ल्याउने दिशामा अघि बढेको छ। पार्टीको दैनन्दिन प्रशासनिक क्रियाकलाप व्यवस्थापन गर्नसक्ने सक्षम नेतृत्व र संरचना निर्माणले अब नीतिगत स्पष्टता, निर्णयको कार्यान्वयन र कार्यकर्तामा भरोसा बढाउने अपेक्षा गरिएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.