logo

जसपाको समर्थन फिर्तासँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा

 इसीमाना सम्वाददाता     २०८२ सावन ३२ गते ०५: ५७ मा प्रकाशित     773   पटक पढिएको

काठमाडौं ।  जनता समाजवादी पार्टी (जसपा) नेपालले समर्थन फिर्ता लिएसँगै राष्ट्रिय सभामा सरकार अल्पमतमा परेको छ।

 

 जसपाले बुधबार संसदीय दलको बैठकमार्फत सरकारलाई दिएको समर्थन औपचारिक रूपमा फिर्ता लिएपछि सरकारसँग अब ५९ सदस्यीय राष्ट्रिय सभामा मात्र २८ सिट बाँकी रहेको छ।

 

सरकारमा सहभागी नेपाली कांग्रेससँग १६, नेकपा एमालेसँग ११ र लोकतान्त्रिक समाजवादी पार्टीसँग १ सिट रहेको छ।

 

 जसपाका तीन सांसदको समर्थन रहने हो भने सरकारसँग कुल ३१ सिट पुग्नेथियो, जुन राष्ट्रिय सभाको बहुमत हो। तर अब समर्थन फिर्ता भएसँगै सरकार स्पष्ट रूपमा अल्पमतमा परेको हो।

 

जसपाले समर्थन फिर्ताको निर्णय सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै लिएको हो।

 

पार्टीका अनुसार वर्तमान सरकार भ्रष्टाचार, अनियमितता, दण्डहीनता र कमिसनतन्त्रमा लिप्त रहेको छ।

 

बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, सरकारले सुशासनको प्रत्याभूति गराउन नसकेकोले समर्थन फिर्ता लिनु परेको हो।

 

यसअघि नै जसपाको केन्द्रीय कार्यकारिणी समितिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार असफल भएको ठहर गर्दै समर्थन फिर्ता गर्न निर्देशन दिएको थियो। करिब एक महिनापछि संसदीय दलले त्यो निर्देशन कार्यान्वयन गरेको हो।

 

गत वर्ष ३१ असारमा प्रधानमन्त्री नियुक्त भएका ओली नेतृत्वको सरकारलाई सात दलका १८८ सांसदले प्रतिनिधि सभामा समर्थन दिएका थिए। तर राष्ट्रिय सभामा अब भने सरकार विधायन प्रक्रियामा पनि अन्य दलहरूको सहयोगमा निर्भर बन्नेछ।

 

राजनीतिक विश्लेषकहरूका अनुसार राष्ट्रिय सभामा अल्पमतमा पुगेको सरकारले विधेयक पास गर्न कठिनाइ भोग्न सक्छ, जसले समग्र शासन सञ्चालनमा चुनौती सिर्जना गर्न सक्छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.