logo

पत्नी हत्यामा दण्डीत साह अर्को हत्या आरोपमा फेरी पक्राउ

 इसीमाना सम्बाददाता     २०८२ सावन १५ गते ०२: ४७ मा प्रकाशित     501   पटक पढिएको

जनकपुर । धनुषामा खुकुरी प्रहार गरी १४ वर्षीया अञ्जली यादवको हत्या गर्ने क्षिरेश्वरनाथ नगरपालिका–९, ईच्छापुरका ३५ वर्षीय   रामबाबु साहलाई प्रहरीले पक्राउ गरेको छ।


बिहीबार राति साहलाई धनुषा जिल्लाको महेन्द्रनगरस्थित इच्छापुर टोलबाट विशेष प्रहरी टोलीले नियन्त्रणमा पक्राउ गरेको हो।

गत मंगलबार जनकपुर उपमहानगरपालिका क्षेत्रको सञ्चय कोष नजिक बस्ने आशा यादवसँग विवाद बढेपछि साहले खुकुरी प्रहार गरेका थिए।सो घटनामा आशाकी छोरी अञ्जली यादवको घटनास्थलमै मृत्यु भएको थियो।


२०७७ सालमा जेलमुक्त भएपछि उनले दोस्रो विवाह गरेका थिए र आशा यादवसँग नजिकिएका थिए।  तर पछिल्लो समय आशाले रामबाबुसँगको सम्बन्धबाट टाडा रहने प्रयास गरेपछि आक्रोशमा आएर रामबाबुले उक्त घटना घटाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको धनुषाका डिएसपी  बरुण बहादुर सिंहले सिंहले बताए।

 

खुकुरी आक्रमणमा अञ्जलीकी आमा ३६ वर्षीया आशा यादव र भतिजी राधा यादव समेत घाइते भएकी थिइन्।

 

प्रहरी अनुसन्धानका क्रममा साह यसअघि पनि आफ्नै श्रीमतीको हत्या अभियोगमा जेल परिसकेका व्यक्ति रहेको तथ्य खुलेको छ।

केही समयअघि मात्र जेलबाट छुटेका उनी पुनः अर्को जघन्य अपराधमा संलग्न भएका छन्।

 

हाल साहलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी विस्तृत अनुसन्धान सुरु गरिएको छ।

 

प्रहरीका अनुसार उनलाई कडा निगरानीमा राखिएको छ र आवश्यक प्रमाण संकलनका लागि सूक्ष्म सोधपुछ भइरहेको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.