logo

नागरिकको शान्ति सुरक्षा  र सरकारी सेवा प्रवाहको सुगम बनाउनु मेरो दायित्व होः प्रजिअ सुवेदी

 इसीमाना सम्बाददाता     २०८२ भदौ १० गते ०८: ३६ मा प्रकाशित     485   पटक पढिएको

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी  तोयनारायण सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालयमार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताएका छन्।

 

मंगलबार वीरगंजमा संचारकर्मीहरूसँग  परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाका समस्याहरू क्रमशः पहिचान गरी समाधान गर्ने दिशामा योजनाबद्ध रूपमा अघि बढने बताए । 


उनले हाल वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूसँग  समन्वय गरी प्रभावकारी कदम चालिने बताए। साथै, सिमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि रोकथामका लागि निगरानी कडा पारिने उल्लेख गर्दै अवैध कारोबार तथा अपराधजन्य कार्यलाई नियन्त्रण गर्न प्रशासन सक्रिय रहने प्रतिवद्धता जनाए।

 

त्यसैगरी, मलखादमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित अनुगमन गरिने र किसानलाई सहज रूपमा मल उपलब्ध गराउने सुनिश्चिततामा प्रशासन जुट्ने उनले स्पष्ट पारे।

 

सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूमा आवश्यक व्यवस्थापन गरेर सहज र छिटो सेवा प्रवाह गराइने सिडिओ सुवेदीको भनाइ छ।

राष्ट्रिय परिचयपत्र बनाउन लाग्ने भीड नियन्त्रणका लागि विशेष कदम चालिने उनले प्रतिवद्धता जनाउँदै, “नागरिकले सहज रूपमा सेवा पाउनु पर्छ भन्ने मेरो प्राथमिकता हुनेछ,” सुवेदीले भने।सुवेदीले संचारकर्मीहरूसँग सहकार्य गर्दै प्रशासनिक कामलाई अझ प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.