logo

नागरिकको शान्ति सुरक्षा  र सरकारी सेवा प्रवाहको सुगम बनाउनु मेरो दायित्व होः प्रजिअ सुवेदी

 इसीमाना सम्बाददाता     २०८२ भदौ १० गते ०८: ३६ मा प्रकाशित     701   पटक पढिएको

वीरगंज । पर्साका प्रमुख जिल्ला अधिकारी  तोयनारायण सुवेदीले नागरिकको शान्ति सुरक्षा कायम राख्दै सरकारी कार्यालयमार्फत प्रवाह हुने सेवा–सुविधालाई व्यवस्थित बनाउने आफ्नो प्रमुख दायित्व हुने बताएका छन्।

 

मंगलबार वीरगंजमा संचारकर्मीहरूसँग  परिचयात्मक कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी सुवेदीले जिल्लाका समस्याहरू क्रमशः पहिचान गरी समाधान गर्ने दिशामा योजनाबद्ध रूपमा अघि बढने बताए । 


उनले हाल वीरगंजमा फैलिएको हैजा नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरूसँग  समन्वय गरी प्रभावकारी कदम चालिने बताए। साथै, सिमावर्ती क्षेत्रमा हुने अवैध गतिविधि रोकथामका लागि निगरानी कडा पारिने उल्लेख गर्दै अवैध कारोबार तथा अपराधजन्य कार्यलाई नियन्त्रण गर्न प्रशासन सक्रिय रहने प्रतिवद्धता जनाए।

 

त्यसैगरी, मलखादमा हुने कालोबजारी नियन्त्रण गर्न नियमित अनुगमन गरिने र किसानलाई सहज रूपमा मल उपलब्ध गराउने सुनिश्चिततामा प्रशासन जुट्ने उनले स्पष्ट पारे।

 

सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूमा आवश्यक व्यवस्थापन गरेर सहज र छिटो सेवा प्रवाह गराइने सिडिओ सुवेदीको भनाइ छ।

राष्ट्रिय परिचयपत्र बनाउन लाग्ने भीड नियन्त्रणका लागि विशेष कदम चालिने उनले प्रतिवद्धता जनाउँदै, “नागरिकले सहज रूपमा सेवा पाउनु पर्छ भन्ने मेरो प्राथमिकता हुनेछ,” सुवेदीले भने।सुवेदीले संचारकर्मीहरूसँग सहकार्य गर्दै प्रशासनिक कामलाई अझ प्रभावकारी बनाउन आफू प्रतिबद्ध रहेको पनि स्पष्ट पारे।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.