logo

काउन्सिलद्वारा पत्रकारको समस्या बारे अध्ययन , प्रतिवेदन छिटै काउन्सिलाई बुझाइने

      6/19/2021 गते 00 00 मा प्रकाशित     914   पटक पढिएको

प्रेस काउन्सिल नेपालले कोभिड १९ को कारण पत्रकारहरुले भोग्नु परेको समस्याको बिषयमा अध्ययन अनुसन्धान शुरु गरेको छ ।

 

अध्ययनकालागि प्रेस काउन्सिलले बनाएको टोलीले शनिवार मध्य तराईका पत्रकारहरुसंग छलफल गरेको छ । टोलीमा पत्रकार बिश्वमणी सुवेदी नरेन्द्र साउद  र प्रेस काउन्सिलका महेन्द्र सिंह रहनु भएको छ । 

 


बीरगंजमा पत्रकारहरुले अहिलेको अवस्थामा भोग्नु परेको समस्याका बारेमा टोली समक्ष आफनो अवधारणा प्रस्तुत गरेका थिए । साना लगानीका संचार माध्यमलाई कम ब्याजदरमा लोन दिने ब्यवस्था मिलाउनकालागि काउन्सिललाई सहजीकरण गर्न उनीहरुले आग्रह गरेका थिए ।

 

अहिलेको समयमा कोरोनाका कारण पत्र पत्रिकाको प्रकाशन र बितरण प्रभावित भएको बेलामा सबै पत्रिकालाई बर्गिकरणमा समावेश गर्नपर्नु राय समेत ब्यक्त गरिएको थियो । 


प्रेस काउन्सिल नेपालका सदस्य लालबाबु शेखको अध्यक्षतामा भएको अन्तरक्रियामा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहान, केन्द्रीय सदस्य के.सी.लामिछाने प्रदेशका महासचिव श्याम बन्जार पर्साका उपाध्यक्ष युवराज खडका केन्द्रीय परिषद सदस्य महेशचन्द्र गौतम बिजय कुशवाहा लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो । टोलीले यस अघि बारा , रौतहट र सर्लाहीका पत्रकारहरुसंग पनि छलफल गरेको थियो ।

 

टोलीले पत्रकारहरुको समस्याको बारेमा गरिएको अध्ययन र निषर्कष छिटै काउन्सिललाई हस्तान्तरण गरिने टोली सदस्य नरेन्द्र साउदले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.