logo

यस वर्षको स्व.बिन्दु पाण्डे पत्रकारिता पुरस्कार रेडियो पत्रकार कुंवरलाई

      6/20/2021 गते 00 00 मा प्रकाशित     870   पटक पढिएको

यस वर्षको स्व. बिन्दु पाण्डे पत्रकारिता पुरस्कार रेडियोकर्मी अनिता कँुवरलाई प्रदान गरिने भएको छ । स्व.विन्दु पाण्डे स्मृति प्रतिष्ठान असार ४ मा प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा सम्पन्न बैठकले पत्रकार कुँवरलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । 

 

 

प्रतिष्ठानले हरेक बर्ष पर्सेली महिला पत्रकारहरु मध्ये एक जनालाई पुरस्कृत गर्दै आएको छ । प्रतिष्ठानले रेडियो वीरगन्जमा लामो समय देखि कार्यरत  कुँवरलाई यो वर्षको पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो । 

 

 पत्रकार सरोज खड्काको संयोजकत्वमा ५  निर्माण गरिएको छनौट समितिले पत्रकार कुँवरलाई छानेको हो । पर्सामा क्रियाशिल पत्रकार महिलाहरुको वीचबाट कुंवरलाई छनौट गरिएको समितिका संयोजक खडकाले जानकारी दिनु भयो । 

 

स्व. पाण्डेको स्मृतिमा ६ वर्ष अगाडि स्थापना भएको प्रतिष्ठानले प्रत्येक बर्ष असार ५ गते उहाँको पुण्य तिथिमा पुरस्कार वितरण गर्दै आएको छ ।

 

कोरोना महामारीको कारण सभा, गोष्ठी र सेमिनारहरु नगर्ने स्थानीय प्रशासनको निषेधाज्ञाले पुरस्कार वितरण
मिति यस वर्ष केही दिन धकेलिएको छ । निषेधाज्ञापछि कार्यक्रम गरी पुरस्कार प्रदान गर्ने प्रतिष्ठानका अध्यक्ष भण्डारीले जानकारी दिनुभयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.