logo

बिद्यार्थीको माँग सम्बोधन, महानगरले बनाउने बिद्यालय अनुगमन समितिमा बिद्यार्थी संगठनका प्रतिनिधि राखिने

      6/22/2021 गते 00 00 मा प्रकाशित     748   पटक पढिएको

बिद्यालय अनुगमनकालागि बीरगंज महानगरले बनाउने संयन्त्रमा बिद्यार्थी संगठनका प्रतिनिधिलाई पनि समावेश गर्ने महानगर प्रमुख बिजय सरावगीले प्रतिवद्धता जनाउनु भएको छ ।

 

मंगलवार आफनै कार्यकक्षमा बिद्यार्थी संघर्ष समितिका प्रतिनिधिहरुसंग भएको छलफलमा उहाँले यस्तो प्रतिवद्धता जनाउनु भएको हो । 


नगरप्रमुख सरावगीले अनुगमनका लागि १० वटा टोली गठन गर्ने र उक्त टोलीमा विद्यार्थी संगठनबाट १÷१ जनालाई समावेश गरिने प्रतिबद्धता जनाएपछि बिद्यार्थी संघर्ष समिति र महानगरप्रमुख वीचको वार्ता टुंगिएको थियो । 

यसअघि विद्यालय सञ्चालन र विद्यार्थीहरुका सवाल सम्बन्धी आवाज उठाउन गठित सयुक्त विद्यार्थी संगठनले कोभिड १९ को महामारीका बिच विद्यालय कसरी सञ्चालन गर्ने भन्ने बारेमा नगरप्रमुखको ध्यानाकर्षण गराएका थिए ।


वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पूर्ववत पोशाक, पाठ्यपुस्तक र शूल्क यथावत राख्नुपर्ने मागको सम्बोधन गरेको छ ।

 

बिद्यालय अनुगमन समितिमा बिद्यार्थी संगठनका प्रतिनधि पनि समावेश हुने भएपछि बिद्यार्थी संघर्ष समितिले आफनो माँग पुरा भएको महशुस गरेको छ । 

अनुगमन समितिमा विद्यार्थीलाई समावेश गर्ने मागको सम्बोधन शैक्षिक प्रशासन महाशाखाबाट नहुने शाखा प्रमुख अर्विन्दलाल कर्णले स्पष्ट पारेपछि विद्यार्थीहरु नगरप्रमुख सरावगीलाई भेट्न गएका हुन् ।

 

 महानगरप्रमुख सरावगीलाई धन्यवाद दिँदै विद्यार्थीहरुको स्वास्थ्य अवस्थालाई प्राथमिकतामा राखी ठोस मापदण्ड बनाएर मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरिएको समितिका प्रवक्ता  हेमन्त तामाङ्ले जानकारी दिनु भयो  ।

 

संघर्ष समितिका संयोजक विकास तिवारी, सह–संयोजक कविराज पटेल, सदस्यहरु रेयाज अंसारी, फिरोज बादसाह, धर्मराज यादव लगायत विद्यार्थी नेताहरुको टोलीमा सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.