logo

कपडा बैंकद्वारा दशैको अवसरमा  शुभकामना आदानप्रदान एवं कपडा वितरण

 इसीमाना सम्बाददाता     २०८२ असोज १० गते ०७: ०० मा प्रकाशित     249   पटक पढिएको

 वीरगन्ज । दशैको अवसरमा शुभकामना आदानप्रदान सहित वीरगन्ज कपडा बैंकले वीरगन्जको घण्टाघरमा निःशुल्क कपड़ा वितरण गरेको छ।

 

प्रत्येक दिन आइतबार देखि शुक्रवार सम्म बिहान साढे दशबजदेखी  ५ बजे सम्म आफ्नै कार्यालय वीरगन्ज  ८ बाट गरीब असहाय लाई निशुल्क कपड़ा उपलब्ध गराउदै आएको बैंकले दशै पर्वको अवसरमा शुक्रवार वीरगन्जको घण्टाघरमा नया पुराना गरि करिब ९ सय ५० थान कपड़ा वितरण गरेको सचिव कन्हैया पटेलले बताए  ।

May be an image of 4 people, crowd and text
सो अवसरमा प्रमुख अतिथि बैंकका वरिष्ठ सल्लाहकार समाजसेवी अधिवक्ता पन्नालाल गुप्ताले मानवीय सेवाको कार्यहरुमा  सबैले आफ्नो आम्दानिको ५ प्रतिशत रकम दिनदुःखी असहायको सेवा सहयोगमा दान गर्नु पर्ने बताए  ।  मानवको सेवा नै सर्वोत्तम धर्म भएको  बताउदै दशै पर्वको सबैलाई बधाइ शुभकामना ब्यक्त गरेका थिए । 


वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा  अधिवक्ता प्रकाश उपाध्याय , समाजसेवी गौरी गुप्ता, युवा समाजसेवी हुकुम सिंह राजपुत,श्रवण बहादुर रायमाझी,रुपशिला जैसवाल ,घण्टाघर प्रहरी पोष्टका प्रमुख असई राम बिनोद झा ,उपाध्यक्ष प्रकाश थारु,सदस्यहरु निला कुमारी राम,जानकी देवि,हरेन्द्र पटेल,नवराज भट्टराई ,केदार गुप्ता,राजेश श्रीवास्तव,राहुल सिंह राजपुत , उज्ज्वल कुमार महरा लगायत पत्रकारहरु शम्भु महतो थारु,अजित भुजेल,राज सर्राफ,निरन्जन साह, सन्तोष कुश्वाहा,अर्जुन चौधरीको सहभागिता रहेकों सचिव पटेलले बताए ।

 

सो अवसरमा अध्यक्ष सिंहले मानवीय सेवामा कार्यरत बैकलाइ सहयोग गर्ने सम्पुर्ण दाता, सुभेच्छुक, सन्चारकर्मी, सल्लाहकार ,पदाधिकारी सदस्यहरुलाइ हार्दिक आभार धन्यवाद प्रकट गर्दै दशै पर्वको देश विदेशमा रहेका सम्पुर्णलाइ बधाई तथा शुभकामना व्यक्त गरेका थिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

भारतको लद्दाखमा राज्यको माग र स्वायत्तताका लागि चर्कियो आन्दोलन,४ को मृत्यु,भाजपा कार्यालयमा आगजनी

लेह ।  लद्दाखमा राज्यको माग र छैठौँ अनुसूचीमा समावेश गर्नुपर्ने आन्दोलन तीव्र बनेको छ।

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

समाज

पत्रकार कर्णमाथि भएको आक्रमणप्रति महासंघको गम्भीर ध्यानाकर्षण, दोषीमाथि कडा कारबाहीको माग

जनकपुरधाम । नेपाल पत्रकार महासंघ मधेश प्रदेश समितिले पत्रकार राजेश कर्णमाथि भएको शारीरिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै घटनाको तीव्र निन्दा गरेको छ।

मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी थपलियाको निर्देशन, अपराध नियन्त्रणमा कुनै सम्झौता हुँदैन

वीरगन्ज। मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाले मातहतका प्रहरी अधिकृतहरूलाई संगठनको अनुशासन र अपराध नियन्त्रणमा पूर्ण प्रतिबद्ध रहन कडा निर्देशन दिएका छन्।

खेलकुद

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।

वीरगंज युनाइटेडलाई टाइब्रेकरमा हराउँदै प्रतिभा युवा क्लब फाइनलमा प्रवेश

ठोरी ।स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा जारी चौथो ठोरी गोल्डकप–२०८२ अन्तर्गत हिजो सम्पन्न दोस्रो सेमिफाइनल खेलमा आयोजक प्रतिभा युवा क्लब बिजयबस्तीले वीरगंज युनाइटेडलाई रोमाञ्चक टाइब्रेकरमा पराजित गर्दै फाइनलमा स्थान सुनिश्चित गरेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.