logo

पर्सामा तिहार र छठका लागि कडा सुरक्षा व्यवस्था, पटका र जुवातासमा पूर्ण निषेध ,देउसी राती ९ बजेसम्म मात्र

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक २ गते ०४: २४ मा प्रकाशित     475   पटक पढिएको

वीरगन्ज । नेपालीहरूको महान् पर्व तिहार (दीपावली) र छठ पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालय पर्साले शान्ति–सुरक्षा सुनिश्चित गर्न कडा सुरक्षा मापदण्ड जारी गरेको छ।

जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले आइतवार एक सूचना जारी गर्दै आम नागरिकलाई नियमहरू कडाईका साथ पालना गर्न अनुरोध गरेका छन्।

प्रशासनले पटका ओसारपसार, बिक्री–वितरण र प्रयोग (पट्काउने कार्य) पूर्ण रूपमा निषेध गरेको छ।


पटकाबाट निस्कने ठूलो आवाजले मानिसको स्वास्थ्यमा पर्ने असर, समाजमा उत्पन्न हुने भय र आगलागीको सम्भावनालाई मध्यनजर गर्दै यो निर्णय गरिएको प्रशासनले जनाएको छ।

जारी निर्देशनअनुसार, देउसी–भैलो कार्यक्रम राति ९ बजेसम्म मात्र खेल्न पाइनेछ।


९ बजेपछि हुने वा गराइने देउसी–भैलो कार्यक्रम तत्काल बन्द गरिने चेतावनी प्रशासनले दिएको छ।

 

त्यसैगरी, चाडपर्वका नाममा हुने जुवातास र सट्टाबाजी जस्ता कार्यहरू पूर्ण रूपमा प्रतिबन्धित गरिएका छन्। प्रशासनले जुवातासले परिवारको आर्थिक अवस्था कमजोर पार्ने र समाजमा झै–झगडा निम्त्याउने भएकाले यस्ता कार्य नगर्न÷नगराउन अनुरोध गरेको छ।

 

छठ पर्वको सन्दर्भमा, नदी, ताल, तलाउमा हुने पूजापाठबाहेक खुला ठाउँमा आयोजना गरिने मेला–पर्व राति १० बजेभित्र सम्पन्न गर्नुपर्नेछ।

 

साथै, प्रशासनले नागरिकलाई मादक पदार्थ सेवन नगर्न, व्यक्तिगत स्वास्थ्यलाई ध्यानमा राखी माछामासु, चिल्लो र गुलियो पदार्थ सीमित मात्रामा मात्र सेवन गर्न सुझाव दिएको छ।

त्यसैगरी, अत्यावश्यक सेवाबाहेक सार्वजनिक बिदाका दिन सरकारी सवारीसाधन चलाउन पनि निषेध गरिएको छ।

 

प्रमुख जिल्ला अधिकारी सुवेदीले नियमहरूको उल्लङ्घन गर्नेहरूमाथि कानुन बमोजिम कडा कारबाही हुने चेतावनी दिएका छन्।

parsa_cdo.jpg

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.