logo

सर्लाहीमा १६ वर्षअघिको कर्तव्यज्यान र डाँकाको घटनामा संलग्न एक अभियुक्त पक्राउ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ४ गते ०७: ३० मा प्रकाशित     533   पटक पढिएको

लालबन्दी । करिब १६ वर्षअघिको कर्तव्यज्यान र डाँकाको घटनामा संलग्न एक व्यक्ति सर्लाहीमा पक्राउ परेका छन्।

 

सर्लाहीको कविलासी नगरपालिका–६, मदनपुर टोलमा भएको उक्त घटनामा संलग्न रहेको आरोपमा सोही स्थानका २५ वर्षीय महेन्द्र रायलाई शुक्रबार दिउँसो करिब २ बजे प्रहरीले पक्राउ गरेको हो। उनलाई सात दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

 

घटना विवरणअनुसार, २०६३ साल माघ ७ गते साँझ करिब ६ः३० बजे कविलासी नगरपालिका–६ तत्कालीन जमुनिया गाविस–६) स्थित मदनपुर पनपिया पोखरी नजिकै कर्तव्यज्यान र डाँकाको घटना भएको थियो।

 

त्यस दिन साँझ करिब ७ः३० बजे चक्रघट्टा गाउँपालिका–१ तत्कालीन पडरिया गाविस–१०) बस्ने राजेन्द्र प्रसाद चौधरी आफ्ना छोरा सन्तोष चौधरी र जैसवालले चलाएको मोटरसाइकलमा पसलबाट घर फर्किँदै थिए। सोही क्रममा महेन्द्र रायसहितको समूहले उनीहरूको मोटरसाइकल रोकेर साथमा रहेको १६ हजार रुपैयाँ लुटपाट गरेको प्रहरी अनुसन्धानले जनाएको छ।

 

लुटपाटपछि प्रतिवादी रायले गोली प्रहार गरी राजेन्द्र प्रसाद चौधरीको हत्या गरेको मृतकका छोरा सन्तोष चौधरी र जैसवालले २०६३ माघ ८ गते किटानी जाहेरी दिएका थिए। सो जाहेरी दर्ता गरी प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

 

घटनापछि लामो समयदेखि फरार रहेका रायलाई करिब १६ वर्षपछि प्रहरीले पक्राउ गर्न सफल भएको हो। हाल उनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.