logo

मधेशमा छठ पर्व सुरु, वीरगंजको घडीअर्वा सहितका छटघाटहरू भब्य रुपमा सजाइदै

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ८ गते १०: १० मा प्रकाशित     344   पटक पढिएको

वीरगंज । मधेशको सबैभन्दा ठूलो पर्व छठ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। वीरगंज, कलैया गौर,मलंगवा,रावबिजराज,जनकपुरधाम,जलेश्वर सिरहाका विभिन्न घाटहरू भब्य रुपमा सजाईएको छ ।

 

वीरगंजको घडीअर्वापोखरी, मुर्ली पोखरी, रानीघाट जनकपुरका गङ्गासागर, अरगजासर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा पोखरी लगायत सजावटमा राष्ट्रिय रुपमै ख्यातीप्राप्त छठघाट हुन ।


छठघाटहरुमा शान्ति सुरक्षाका लागि स्थानीय प्रहरी प्रशासनसँग पनि समन्वय गरिएको छ। छठ पर्व घरेलु उत्पादनमा आधारित रहने भएकाले भक्तजनहरूले आफ्नै खेतबारीमा उत्पादन गरिएको गहुँ र चामललाई धोएर, घरकै जाँतोमा पिसी त्यसैबाट पकवानहरू तयार गर्छन्।

 

यससँगै बजारमा पनि छठ सामग्री किनमेलको चहलपहल बढेको छ। मधेशका शहर बजारहरुमा  अहिले बाँस र माटोबाट बनेका सामग्रीहरू—जस्तै घैँटो, हात्ती, छैट्टी (टोकरी) नाङ्लो, कन्सुपती आदि—को बिक्रीमा भीड देखिएको छ। छठमा यी वस्तुहरू शुद्ध र पवित्र मानिने भएकाले यसको माग अत्यधिक बढेको व्यापारीहरूले बताएका छन्।

 

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन आज ‘नहाय–खाए’ सम्पन्न हुँदैछ। दोस्रो दिन आइतबार व्रतालुहरूले दिनभर उपवास बसेर राति ‘खरना’ विधिअन्तर्गत खीर बनाएर अर्पण गर्नेछन्।

 

 सोमबार मूल दिनमा ठेकुवा, भुसवालगायत कृषिजन्य अन्नबाट बनेका पकवानसहित सूर्यलाई अस्ताउँदो बेला अघ्र्य दिइनेछ। अन्तिम दिन मंगलबार बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएर पर्वको समापन गरिनेछ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.