logo

बिहान उदाउँदो सूर्यलाई अर्घ्य संगैै सम्पन्न भयो लोक आस्थाको पर्व छठ

 इसीमाना सम्वाददाता     २०८२ कार्तिक ११ गते १२: २४ मा प्रकाशित     262   पटक पढिएको

वीरगन्ज । नेपालीहरूको महान् लोकआस्थाको पर्व छठ मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि मधेश प्रदेशसहित देशभर भव्य रूपमा सम्पन्न भएको छ।

 

 शनिबार ‘नहाय–खाय’ बाट सुरु भएको यो चारदिने पर्व व्रतालुहरूले आज बिहान नजिकैका छठघाट, नदी तथा पोखरीहरूमा पुगेर सूर्यदेव र छठी मातालाई अर्घ्य अर्पण गरेपछि विधिवत् रूपमा समापन भएको हो।

मधेश प्रदेशमा छठको रौनक


मधेश प्रदेशभर छठ पर्वको विशेष उत्साह र रौनक देखियो। वीरगन्ज ,जनकपुरधाम, लगायतका प्रमुख शहरका प्रसिद्ध छठघाटहरूमा व्रतालु र भक्तजनहरूको उल्लेख्य भीड देखिएको थियो।

जनकपुर र वीरगंजमा जनसागर


वीरगंजस्थित घडीअर्वा पोखरी, मुर्ली पोखरी,स्वीमीङपुल, रानीद्दघाट स्थित सिरसिया नदी, छपकैयामा सिरसिया नदी , नगवा पोखरी , जनकपुरका धार्मिक तथा ऐतिहासिक गंगासागर, धनुषसागर, दशरथ तलाउ लगायतका पोखरीहरूमा छठ पर्व मनाउनेहरूको विशाल घुइँचो लागेको थियो।

 

 बेहुलीझैँ सिँगारिएका ती घाटहरूमा व्रतालुहरूले सोमबार साँझ अस्ताउँदो सूर्य र मंगलवार बिहान उदाउँदो सूर्यलाई विधिपूर्वक अर्घ्य अर्पण गरे।


घडीअर्वा  छठ समितिका अनुसार यस वर्ष घडीअर्वा पोखरीमा लगायतका वीरगंजमा अन्यछठघाटमा हजारौँ व्रतालु सहभागी भएका थिए, जसले पूरै मध्यतराईलाई भक्तिमय र उज्यालो वातावरणमा रुपान्तरण गरेको थियो।

 

पर्सा जिल्लाको वीरगन्जस्थित घडिअर्वा पोखरी यस वर्ष पनि छठ पर्वको मुख्य आकर्षण बन्यो । स्थानीय बासिन्दाको सक्रियतामा पोखरीलाई झिलीमिली बत्ती, आकर्षक पण्डाल र रंगीन सजावटले सुन्दर रूपमा सिँगारिएको थियो।


व्यवस्थापन समितिका अनुसार घडिअर्वा पोखरीमा मात्रै हजारौँको संख्यामा व्रतालुहरूले अर्घ्य अर्पण गरेका थिए। नेपालका विभिन्न स्थानका साथै छिमेकी भारतबाट समेत भक्तजनहरूको उल्लेख्य आगमनले यहाँको छठ पर्वलाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय पहिचान दिलाएको छ।

पर्वको समापन र धार्मिक भावना


व्रतालुहरूले हिजो साँझ अस्ताउँदो सूर्यलाई र आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्वको कठोर व्रत विधि पूरा गरेका छन्। सन्तानको सुख–समृद्धि, परिवारको कल्याण, निरोगिता र मनोकामना पूर्तिको कामना गर्दै यो पर्व मनाइन्छ। व्रत सम्पन्न भएपछि व्रतालुहरूले पारण गरी प्रसाद वितरण गरेका छन्।\

छठ पर्वले तराई–मधेशको सांस्कृतिक एकता, शुद्धता र प्रकृतिप्रतिको आस्था झल्काउने परम्परालाई निरन्तरता दिएको छ। यस वर्ष पनि पर्व सफलतापूर्वक सम्पन्न भएसँगै सम्पूर्ण मधेशवासीहरूमा खुसीयाली र उत्सवमय माहोल छाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.