logo

शिकारीबास प्राथमिक विद्यालयको नवनिर्मित भवन अध्यक्ष श्रेष्ठद्वारा  उद्घाटन

 इसीमाना सम्बाददाता     २०८२ मंसिर १४ गते ०६: २५ मा प्रकाशित     259   पटक पढिएको

ठोरी ।  ठोरी गाउँपालिका–३, शिकारीबासस्थित प्राथमिक विद्यालयको नवनिर्मित भवन आज एक कार्यक्रमकाबीच उद्घाटन गरिएको छ।

 

 गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठले भवनको बिधिवत् रूपमा उद्घाटन गर्दै स्थानीय शिक्षा पूर्वाधार सुदृढिकरणमा यसलाई महत्वपूर्ण उपलब्धि भएको बताए ।

 

पर्सा राष्ट्रिय निकुञ्जभित्र ऐतिहासिक रूपमा बसोबास गर्दै आएका स्थानीयवासी आफ्नै विद्यालयमा सुविधासम्पन्न भवन निर्माण भएपछि खुसी भएका छन्।

 

भवन नहुँदा २ कक्षाकोठामा ५ वटा कक्षा सन्चालन गर्नुपर्ने अवस्था रहेको र हिउँदमा खुलेआम चौरमै पढाउनुपर्ने बाध्यता रहेको विद्यालयका प्रमुख नारायण श्रेष्ठले जानकारी दिए ।

 

 पहिलेका दुई कक्षाकोठा समेत हात्तीले नष्ट गरिदिएको उनको भनाइ छ। नयाँ भवन निर्माणसँगै विद्यार्थीलाई सहज र व्यवस्थित वातावरणमा शिक्षाको पहुँच उपलब्ध हुने विद्यालयले जनाएको छ।

 

शिकारीबासमा वर्षौँदेखि भौतिक पूर्वाधारको अभाव रहेको अवस्थामा २०७९ मा निर्वाचित स्थानीय सरकारले समग्र विकासलाई विशेष प्राथमिकता दिएको छ।

 

शुद्ध खानेपानी, उप–स्वास्थ्य चौकीमार्फत स्वास्थ्य सेवा, मोबाइल टावर नआउने भएकाले निःशुल्क वाइफाइ सुविधा जस्ता सेवाले शिकारीबासले रूपान्तरणको अनुभूती गर्दै आएको  स्थानीयवासीको प्रतिक्रिया छ।

 

बैकल्पिक उर्जा स्रोतका रूपमा स्थापित सोलार बत्तीले गाउँ नै झलमल्ल बनेको छ। गाउँपालिकाले सञ्चालन गरेको “जनता आवास कार्यक्रम” अन्तर्गत ५ परिवारका लागि निर्माणाधीन घरहरू अन्तिम चरणमा पुगेका छन्।

 

अध्यक्ष श्रेष्ठसहितको टोलीले आज विद्यालय भवनसँगै ती संरचनाको पनि अनुगमन गरेका छन ।

 

प्रारम्भिक चरणमा ५ परिवारलाई समेटिएको यो कार्यक्रम आगामी चरणमा अन्य परिवारसम्म विस्तार गरिने अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

समाज

सशस्त्र प्रहरी पर्सा द्वारा संचालीत विपद् स्वयंसेवक परिचालन विस्तारित  तालिम समापन

वीरगंज । सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर हेडक्वार्टरले संचालन गरेको “विपद् स्वयंसेवक परिचालन विस्तारित तालिम ” समापन भएको छ ।

आचार संहिता पालना नगरे नागरिकमा पत्रकारिता प्रतिको विश्वास घट्ने वक्ताहरुको चेतावनी

वीरगन्ज । पत्रकारिता क्षेत्रमा कार्यरत सञ्चारकर्मीहरूले आचारसंहिताको पालना नगरेसम्म पत्रकारिताले आर्जन गरेको विश्वास र साख गुम्ने जोखिम बढ्दै गएको बताएका छन् ।

खेलकुद

वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करणको ट्रफि सार्वजनिक

वीरगन्ज । वीरगञ्जमा ‘टिम आदर्शनगर’ को आयोजनामा हुने वीरगञ्ज प्रिमियर लिगको तेस्रो संस्करण (बीपीएल–३) ट्रफी सार्वजनिक गरिएको छ ।

प्रधानमन्त्री कप क्रिकेटः सुदूरपश्चिम प्रदेशलाई हराउदै मधेस प्रदेश पाँच विकेटले विजयी

वीरगञ्ज । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस प्रदेश पाँच विकेटले विजयी भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.