logo

स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार युवा पत्रकार आशु सर्राफलाई प्रदान

 इसीमाना सम्वाददाता     २०८२ मंसिर १५ गते ०२: ११ मा प्रकाशित     374   पटक पढिएको

वीरगञ्ज । दिवंगत पत्रकार नरेश सर्राफको स्मृतिमा स्थापित ‘स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार’ यस वर्ष युवा पत्रकार आशु सर्राफलाई प्रदान गरिएको छ।

 

 स्व. सर्राफको तेस्रो स्मृति सभाको अवसरमा सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाकक्षमा आयोजित विशेष समारोहमा पत्रकार आशु सर्राफलाई पुरस्कृत गरिएको हो।

 

यात्रा डेली डटकमका डेस्क सम्पादक आशु सर्राफलाई २१ हजार रुपैयाँ राशिसहित प्रशंसापत्र प्रदान गरिएको छ। पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले दोसल्ला ओढाई सम्मानित गर्दै पत्रकारितामा उनको सक्रियता, प्रतिबद्धता र योगदान प्रशंसनीय रहेको बताएका छन्।

 

 समारोहमा विभिन्न वक्ताहरूले स्व. नरेश सर्राफको पत्रकारिता यात्रालाई स्मरण गर्दै उनको सत्यनिष्ठा, पेशागत निष्ठा तथा मूल्य–मान्यताले नयाँ पुस्ताका पत्रकारलाई प्रेरणा दिएको उल्लेख गरे। उनीहरूको भनाइमा स्व. सर्राफले देखाएको मार्गदर्शन आजका पत्रकारका लागि सन्देशमूलक बनेको छ।

 

पुरस्कार वितरण कार्यक्रममा स्व. सर्राफका परिवारका सदस्य,नेपाली कम्युनिष्ट पार्टीका नेता बालगोपाल थापा, पर्साका प्रहरी उपरीक्षक सुदीपराज पाठक, सशस्त्र प्रहरी उपरिक्षक पुरन भट्ट ,नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव अशोक केन्द्रीय लेखा समितिका संयोजक के.सी.लामिछाने , मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा पर्साका अध्यक्ष ओमप्रकाश खानल प्रेस सेन्टर मधेशका अध्यक्ष निरज पिठाकोटे , समाजवादी प्रेस संगठनका नेता बृजलाल पासवान, मनोज पटेल संचारीका समुह मधेशका सचिव कविता खड्का लगायतको उपस्थिति रहेको थियो। सहभागीहरूको भनाइ अनुसार, समारोहले स्व. सर्राफको स्मृति र पत्रकारिताप्रति उनको समर्पणलाई अझ सजीव बनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.