logo

थारू संस्कृति प्रवर्द्धनका लागि चौधरीको संयोजकत्वमा वीरगञ्जमा माघी मूल समारोह समिति गठन

 इसीमाना सम्वाददाता     २०८२ पौष ५ गते ०१: ४३ मा प्रकाशित     237   पटक पढिएको

पर्सा जिल्लाको वीरगञ्जमा थारू समुदायको महान् पर्व माघी (खिचडी) २०८२ लाई सभ्य, सुसंस्कृत र भव्य रूपमा मनाउने उद्देश्यले नयाँ मूल समारोह समिति गठन गरिएको छ।

 

थारु समुदायको  भेलाले माघी (खिचडी) मूल समारोह समिति–२०८२ गठन गरेको हो। उक्त भेला २०८१ का संयोजक प्रविन चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।

 

भेलामा वीरगञ्जमा बसोबास गर्ने बारा, पर्सा र रौतहट जिल्लाका थारू समुदायका अगुवा, बुद्धिजीवी, समाजसेवी, भद्रभलाद्मी तथा महिलाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

 

कार्यक्रममा थारू कल्याणकारी सभा पर्साका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियारले माघी पर्वको सामाजिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्वमाथि प्रकाश पार्दै पर्वलाई एकताबद्ध रूपमा मनाउनुपर्नेमा जोड दिए।

 

त्यसैगरी थारू नागरिक समाज बारा, पर्सा र रौतहटका संयोजक परमानन्द चौधरीले कार्यक्रम सफल बनाउन सबैको सहकार्य अपरिहार्य रहेको बताए।

 

गठित समितिको संयोजकत्वमा  जगबहादुर चौधरी (बारा) संयोजक  चयन भएका छन्। उप–संयोजकमा शम्भु महतो थारू (पर्सा) र मनोज चौधरी (रौतहट) रहेका छन्।

 

समितिका सदस्यहरूमा प्रविन चौधरी, परमानन्द चौधरी, प्रमोद कुमार चौधरी, हरिकिशोर चौधरी, हृदयानारायण चौधरी, लक्ष्मण चौधरी, रामदत्त प्रसाद चौधरी, विजय ओझा, पूनम चौधरी, अजय चौधरी, चन्द्र प्रकाश चौधरी, नन्दकिशोर पञ्जियार, विकास चौधरी, रामसुन्दर चौधरी, मनोज चौधरी, शेखर चौधरी, भुनेश्वर चौधरी र दिपेन्द्र चौधरी रहेका छन्।

 

नयाँ मूल समारोह समितिले थारू समुदायको मौलिक संस्कृति, परम्परा र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै माघी पर्वलाई सबै समुदायको सहभागितामा उल्लासमय रूपमा मनाउने प्रतिबद्धता जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.