logo

पर्सामा ‘लायन्स क्लब अफ पोखरीया’ गठन

 इसीमाना सम्वाददाता     २०८२ पौष १० गते ०३: ५५ मा प्रकाशित     498   पटक पढिएको

वीरगंज । पर्सा जिल्लाको ग्रामीण भेगका आम नागरिकलाई शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रमा सहयोग पुर्‍याउने उद्देश्यले  ‘लायन्स क्लब अफ पोखरीया’ गठन गरिएको छ। नवगठित क्लबको नेतृत्व लायन नेजामुद्दीन शमानीले गरेशका छन।

 

क्लबका सदस्यहरूमा आशा कुमारी चौहान, तिलक नारायण प्रसाद पटेल, म. जावेद आलम, शोभा कुमारी कानु, जावेद अहमद, रिपेश माली, रामबाबु प्रसाद चौहान, अभिषेक कुमार सर्राफ, सन्तोष प्रसाद चौहान, सन्नी कुमार, विपिन प्रसाद कुर्मी, प्रिती साह, पवन पण्डित कुम्हाल, आरफा खातुन, अनुसखा गुप्ता, प्रतिभा थापा, अलिराज हुसेन, मनिर आलम र अजाद देवान रहनुभएको छ।

 

क्लब गठन कार्यक्रममा लायन्स क्लबका डिष्ट्रिक्ट गभर्नर लायन विनय बस्नेत, डिष्ट्रिक्ट सचिव सर्जन चापागाईं तथा डिष्ट्रिक्ट कोषाध्यक्ष लायन चन्द्रबहादुर के.सी.को विशेष उपस्थिति रहेको थियो।

 

 सो अवसरमा डिष्ट्रिक्ट पदाधिकारीहरूले क्लबका अध्यक्ष लायन नेजामुद्दीन शमानीलाई संस्थाको लोगो लगाई लोगो अंकित ज्याकेट हस्तान्तरण गरेका थिए।

 

कार्यक्रममा डा. मनोज गुप्ता, डा. लक्ष्मी थापा, नरोत्तम पाण्डेय, जावेद अहमद, रिपेश माली तथा अलिराज हुसेनलगायतको पनि उल्लेखनीय उपस्थिति रहेको थियो।

 

नवगठित क्लबले पर्सा जिल्लाको ग्रामीण समुदायमा लक्षित सामाजिक सेवा कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.