logo

स्व.डा. दासको स्मृतिमा साढे पाँच लाखको अक्षयकोष स्थापना ,बिद्यार्थी र बिरामीलाई सहयोग उपलब्ध गराइने

 इसीमाना सम्वाददाता     २०८२ पौष १३ गते ०४: ४२ मा प्रकाशित     612   पटक पढिएको

बीरगन्ज ।  गरीब तथा जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराउन बीरगन्जका मनिष दासले आइतवार चित्रगुप्त समिति बीरगन्जलाई अक्षयकोष को लागि ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाको चेक हस्तान्तरण गरेका छन्।

 


चित्रगुप्त संरक्षक परिषद्का पुर्व अध्यक्ष बीरगन्ज महानगर पालिका वडा न १ निवासी स्व. प्रा.डा. कुलानन्द लाल दास योगदानलाई चीरस्थायी राख्नकालागि उनको  स्मृतिमा धर्मपत्नी श्रीमती रम्भा देवी दास र छोराहरु सुभाष कुमार दास एवम्  मनिष दासले चित्रगुप्त समिती बीरगन्जलाई अक्षयकोष को लागि रु ५ लाख ५५ हजार ५ सय ५५ रुपैया उपलब्ध गराएका हुन। वरिष्ठ शिक्षाविद प्रा. डा. दास ठाकुरराम क्याम्पसमा अध्यापक थिए । 

 


बुधबार दाता परिवारको तर्फबाट मनिष दास र हेमा कुमारी दासले चित्रगुप्त समिति बीरगन्जका अध्यक्ष महेश दास एवम् कोषाध्यक्ष डा. आलोक चन्द्र दत्तलाई उक्त रकमको  चेक हस्तान्तरण गरे ।

 
 अक्षयकोषका माध्यमले गरीब जेहन्दार विद्यार्थीलाई वार्षिक छात्रवृत्ति र गम्भीर विरामीलाई उपचारमा आर्थिक सहयोग उपलब्ध गराइने उनका पुत्र मनिष दासले बताए । डा. दासले चित्र गुप्त समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गरेका थिए ।  

 


दाता परिवारबाट प्राप्त रकमबाट आर्थिक रुपमा विपन्न जेहन्दार विद्यार्थीलाई बार्षिक रुपमा  छात्रवृत्ति दिइने तथा अति आवश्यक विरामीलाई औषधि उपचारमा आर्थिक सहयोग प्रदान गरिने समितिका अध्यक्ष महेश दासले बताए । यो अक्षयकोषमा अन्य दाताहरुले समेत ईच्छाएको व्यक्तिको नाममा रकम दिन अपिल गरेका छन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

मेडिकल ब्यवसायी दुर्गा प्रसाई साधारण तारेखमा रिहा

बीरगंज ।  ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक एवं मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अदालतले हिरासतमुक्त गर्न आदेश दिएको छ ।

बसको ठक्करबाट जलेश्वरमा पैदल यात्री साहको मृत्यु

बर्दिवास । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा आज बिहान यात्रुवाहक बसले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ ।

खेलकुद

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.